jQuery(document).ready(function($){ //
});

झापा/ हिमालयन टेलिभिजनमा प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा २२००० प्रतियोगी लाई  उछिनेर प्रमुख  ४  मध्य एक को स्थान ओगट्न सफल भएका छन ।  सुमधुर स्वरका कारण दर्शक र निर्णाएकको मन जित्दै आएका झापाको बिर्तामोडका २३ बर्षिय राम लिम्बुले  आफ्नो  फाइनल राउण्ड सम्म को यात्रा सुनिस्चित गरेका छन।

टिम दिप बाट स्टिल भएर उनी हाल झापाली राष्ट्रिय कलाकार प्रमोद खरेलको टिम भित्र पनि परेका छन ।  झापाको हल्दिबारीमा जन्मिएका राम, हाल बिर्तामोडका स्थायी बासिन्दा हुन् । बिर्तामोडमा बिगत ५ बर्ष देखि सांगीतिक क्षेत्रमा सकृय नेपालिसियन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी आफ्नो सांगितिक यात्रालाई यहा सम्म आप्नै स्वरको चमात्कार देखाउदै पुगेका हुन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

ग्लोरी बोडिङ्ग स्कुलमा कक्षा १० सम्मको अध्ययन पश्चात् बाल्मिकी प्रोभिडियन्स कलेजमा अध्ययनरत उनी पूर्वबाट रियालिटी सोहरुमा सफलता पाउन नसकिरहेका अवस्थामा आफुले दर्शकको भरपुर साथ सहयोग पाउनेमा आशाबादी रहेका छन् । भोटिङ्ग आगामी शुक्रबार बेलुका कार्यक्रम शुरु भएसँगै बाट शुरु हुनेछ । कार्यक्रम शुक्रबार र शनिबार बेलुका ८ बजेबाट प्रशारण हुदै आइरहेको छ ।उनलाई चाहानेले भोटिङ्ग गर्ने कोड ०८ टाईप गरि ३७००० नेपालको लागी विदेश बाट भोटिङ्ग गर्नको लागी Prabhupay App डाउनलोड गरेर पनि भोटिङ्ग ब्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय