
दमक/ संसद पुन विघटन गरिएको कुराको विरोधमा नेपाल विद्यार्थी संघ झापाले आज साँझ निषेधाज्ञा तोडदै दमकमा राके जुलुश प्रदर्शन गरेको छ ।
मन्त्रीपरिषदको सिफारिसमा ७ जेठको मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधी निर्वाचन तोकेको बिषयमा असन्तुष्टी जनाउँदै नेविसंघका कार्यकर्ताहरुले निषेधाज्ञाको समयमा विरोध प्रदर्शन गरेका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्नेमा मध्यावधी चुनाव घोषणा गरेर संविधानको मर्म र भावनामाथि खेलबाँड गरेका कारण लोकतन्त्रवादी बिद्यार्थी लोकतन्त्र र संविधानको रक्षाका लागि निषेधाज्ञा तोडदै सडकमाा उत्रिएको बताए ।
दमकको क्याम्पसमोडदेखि कांग्रेसको पार्टी कार्यालय अगाडी सम्म भएको प्रदर्शनमा कोषाध्यक्ष नवराज ढकाल, जिल्ला सदस्यहरु विशाल अधिकारी, सहदेव भट्टराई, मणि लिम्बु लगायत सहभागीता थियो । प्रहरीको अवरोधका बाबजुद पनि राँके जुलुस प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।