jQuery(document).ready(function($){ //
});

प्रधानमन्त्री केपी शर्मा ओली भोलि नै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

ओलीले जसपाले उठाउँदै आएका माग पूरा गर्दै गएकोले सरकारमा सहभागी हुनको लागि जसपाका शीर्ष नेताहरु पनि तयार देखिएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सरकारको सिफारिशमा राष्टपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि ठाकुर पक्ष सरकारमा जाने सम्भावनालाई बढवा दिएको छ । । उक्त अध्यादेशलाई ठाकुर महतो पक्षले स्वागत गरिसकेको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको कदमलाई जसपाको ठाकुर महतो पक्षले साथ दिँदै आएको छ ।

वैकल्पिक सरकारको नेतृत्व गर्ने अवसर पाउँदापनि ठाकुर त्यसको लागि तयार भएनन् ।

उनी ओलीसँग आफूहरुको सकारात्मक कुरा भएको भन्दै तटस्थ बस्ने बताउँदै आएका छन् । नागरिकतासम्बन्धी अध्यादेश आएपछि अब जसपाको ठाकुर पक्ष सरकारमा जाने बाटो खुलेको छ ।

प्रधानमन्त्री ओलीसँग ठाकुर र महतोले सत्ता सहकार्यको बारेमा गम्भीर छलफल गरेका छन्।

प्रधानमन्त्री ओली जसपालाई दश वटा मन्त्रालय दिन राजी भएका छन् । यसअघि पूर्व माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई अदालतले पदमुक्त गरेपछि ७ वटा मन्त्रालय ओली आँफैले राखेका छन् ।

ओली सरकारमा राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित सहभागी हुने चर्चा छ। उनीसँग राजकिशोर यादव, अनिल झा, शरदसिंह भण्डारी र चन्दा चौधरीलगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय