jQuery(document).ready(function($){ //
});

शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणाको माग गर्दै विपक्षी गठबन्धनकाले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको छ ।

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाको विरोध तथा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्ती गर्न माग गरिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

रिटमा घोषित प्रतिनिधिसभा निर्वाचन रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ ।

प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको गैरसंवैधानिक काम भन्दै रिटमा अदालतले परमादेशमार्फत देउवालाई सपथग्रहणका लागि बाटो खुलाइदिन समेत माग गरिएको छ ।
संसद अधिवेशनको मिति तोक्नुपर्ने पनि रिटमा माग गरिएको छ ।

शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट अदालता दर्ता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय