jQuery(document).ready(function($){ //
});

नेकपा एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरेको छ। उनीहरुलाई एमालेको साधारणसदस्य समेत नरहने गरी निस्कासित गरिएको हो।

नेकपा एमालेले पार्टीको हीतविपरीत कार्य गरेको ठहर गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको एक स्थायी समिति सदस्यले बताए।

RAWA Hills Town Property

RAWA Hills Town Property

बरिष्ठ नेता नेपाल, अर्का बरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई पार्टीबाट निष्कासन गरिएको हो।

उनीहरुलाई पार्टी हितविपरित काम गरेको भनी शनिबार स्पष्टीकरण सोधिएको थियो। तर नेपाल र खनालसहितका ११ नेताले कुनै स्पष्टीकरण दिएका थिएनन् त्यसैगरी, आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सो बैठकले थप १२ जना एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनी हस्ताक्षर गरी सर्वोच्च अदालत जानेमध्येका थप १२ जनालाई सो स्पष्टीकरण सोधिने भएको हो।

आजै पार्टीबाट निष्काशन गरिएका ११ जना र थप १२ जना गरी २३ जना एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय