jQuery(document).ready(function($){ //
});

।। भोजराज घिमिरे ।। मोरङ्ग ।।

मोरङमा ,सुनसरी र झापा जस्तै निषेधाज्ञा जारी गरिदै। तीनवटै जिल्लामा समान समयावधिका लागी निषेधाज्ञा थप गरिदै छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङ सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले भन्नुभयो । उनले यसपटक सुनसरी, मोरङ र झापाको निषेधाज्ञामा एकरुपता कायम गर्ने निर्णय गरिएको जानकारी दिए । ‘हामीले तीन वटै जिल्लाको निषेधाज्ञामा एकरुपता गर्ने प्रयास गरेका छौं, उनले भने’, ‘अब मोरङमा पनि सुनसरी र झापा जस्तै निषेधाज्ञा जारी गर्ने । तीनवटै जिल्लामा समान समयावधिका लागी निषेधाज्ञा थप गरिने छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय