jQuery(document).ready(function($){ //
});

नेकपा एमालेका नेता भिम रावलले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गर्नु हास्यास्पद भएको बताउनुभएको छ । सोमबार सामाजिक सञ्जाल ट्विटमार्फत एमालेका नेता रावलले केपी ओली पक्षले गरेको निर्णय फुटवादलाई निरन्तरता दिएको समेत उल्लेख गर्नुभएको छ ।

‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ । ‘यो केपी गुटको फुटवाद कै निरन्तरता हो,’ उहाँले ट्विटरमा लेख्नुभएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सोमबार बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ जनालाई पार्टीको सदस्यबाट निकाल्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय