jQuery(document).ready(function($){ //
});

इन्द्रप्रसाद ओली |आस्था, निष्ठा , विचार , दर्शन, सिद्धान्त र जिम्मेवारी एवम् कर्तव्यवोधको लागि राजनीतिक क्षेत्रमा सक्रियतापूर्वक समर्पित भएको हुँ । आस्था , निष्ठा , विचार, दर्शन सिद्धान्त एवम् जिम्मेवारी र कर्तव्यवोध राजनीतिको आत्मा हो जसले सफलतापूर्वक विचार र कर्तव्यवोधलाई जिम्मेवारीका साथ बदल्न अभिप्रेरित गर्दछ ।

जो मान्छे सत्तामुखी मात्र बन्छ , व्यक्तिगत स्वार्थ र फाइदालाई मात्र महत्व दिन्छ , जनतालाई अनेक प्रकारका हतकण्ठा अपनाएर झुक्याउँछ र सत्तासिन भए पछि आफ्ना वाचाहरुलाई नजरअन्दाज गर्छ त्यस्ता मानिस, तिनीहरुले अपनाएको दर्शन र सिद्धान्त जनअपेक्षाका लागि बिषवृक्ष बन्न पुग्दछ ।
एकजना कपुतन्त्रका नेता भनाउँदालाई मैले सोधेको थिए , तपाईं मन्त्री बन्न किन यति धेरै उत्सुक देखिनु हुन्छ, मरिहत्ते गरेर जे पनि गर्न तयार हुनुहुन्छ ? उहाँले उत्तर दिनु भएको थियो के गर्नु मन्त्री नभई कुरै बिक्दो रहेनछ । चुनावमा लगाएको लगानी पनि उठदैन । माननीयको कुरा मन्त्रालय र स्थानीय क्षेत्रमा कसैले सुन्दैन। जिल्लाका कार्यकर्तालाई कसरी पाल्नु , जनतालाइ यसो बेलाबखत केही फाल्न सकिएन भने भोलि फेरि चुनावमा कसरी जानु भन्ने उहाँको जवाफ थियो ।
मैले उहाँलाई भनेको थिएँ कि तपाईंको भावना पैसा र पदमुखी मात्र हो भने तपाईं कहिल्यै जनसेवा गर्न सक्नुहुन्न । तपाईको जनसेवा गर्ने शायद इच्छा पनि छैन । किन भने तपाईं मन्त्री भए पछि भन्न थाल्नु हुने छ कि प्रधानमन्त्री नभइ केही गर्न सकिन्न । प्रधानमन्त्री बन्नु भयो भने पुन : बहाना बनाउन थाल्नु हुनेछ कि मेरो काममा बाधा बिरोध गर्नेहरुका कारण वा विपक्षीका कारण मैले केही गर्न सकिन । यस्तै बहानाबाजीमा तपाईंको जीवन टुङ्गिनेछ । जनताले अपेक्षा गरे अनुसारको सेवा प्राप्त गर्न पाउँदैनन् । यसरी नै तपाईंको सत्तासिन हुने चाहनाले अनेक प्रकारका बहानाबाजी र तिकडम गर्दै देश र जनतालाई कित्ताकाट, घृणा र बिभाजनमा पुर्याउनु हुनेछ । विवाद र असमझदारीको श्रृङ्खला शुरु हुनेछ जसको कुनै
समाधान छैन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विपक्षको कुनै विकल्प हुदैन । कि सत्तापक्ष हुन्छ ,कि विपक्ष हुन्छ ।त्यसैले मैले ति नेता भनाउँदा महाशयलाई भनें, यदि तपाईं राजनीतिलाई पेशा नबनाइ सेवामुखी बनाउन चाहनु हुन्छ भने कृपया आफू सत्तामुखी, पेशामुखी बन्न छाड्नुहोस् । मन्त्रीको मोहमा परेर जनताले तिरेको करमा विलाशी जीवन ब्यतित गर्ने सपना र बानी त्याग्नुहोस् । आज कपुतन्त्र ( कम्युनिष्ट पुँजीवाद ) हरु भित्रको सारा झगडाको जड सत्ताको लोभ हो । भ्रष्टचार गरि अकुत सम्पत्ति जोड्न पदको लागि सम्पूर्ण नैतिकता बिर्सेर मरिहत्ते गर्दैछन् ।

कपुतन्त्रमा न कोही उदार छ न कोही जनपक्षीय छ । सबैजना कुर्सिको लागि दौडधुपमा छन् । पद र पैसाका लागि खोला-नाला सुम्पेर होस् वा नागरिकता विदेशीलाई बेचेर होस् वा आफ्नो स्वाधिन भूगोलको स्वामित्व परित्याग गरेर होस् वा आफ्ना कलकारखाना बन्द गरि दिएर होस् वा अरुको गुलाम गरेर होस् , जेजे गरेर भए पनि सबै कुर्सिका मात्र लोभी छन् । यसै गरि हरेक कपुतन्त्रको मुखमा मुल्याङ्कन शव्द झुण्डिएको हुन्छ । मेरो मुल्याङ्कन भएन , मेरो कदर भएन, यही सोचाइ र भनाइमा नै उनीहरुको उर्जा समाप्त हुन्छ । सबैले जतिखेर पनि मेरो उचित मुल्याङ्कन भएन । मैले उचित अवसर पाइंन भन्ने नै रहेको हुन्छ ।राजनीतिमा यो बडो घातक शव्द हो । राजनीति भनेको जनसेवा हो र जनसेवाको कुनै मूल्य हुदैन । यो त मानव जीवनलाई मोक्षको मार्गमा अभिप्रेरित गराउने अनमोल अवसर हो । यदि जनसेवाको कुनै मूल्य हुन्छ भने त्यो आत्मसन्तोषमा समर्पित हुन्छ।आफुले गरेको सेवामूलक राजनीतिबाट आफैले एकान्त मनमा असिम सन्तोषको अनुभव गर्नु हो । जनसेवा कुनै सेठ, साहुको दोकानको कारिन्दा होइन कि महिनाको अन्त्यमा तलव पाइयोस् ।

तर यी सबै कुरालाई चिन्तन-मनन गर्दा नेपालमा आस्था, निष्ठा, दर्शन, सिद्धान्त, विचार एवम् जिम्मेवारीवोध र कर्तव्यवोधको राजनीति कहिल्यै भएन । देश बर्वाद भएको , देश लुटिएको, देश बेचिएको देख्न, सुन्न र टुलुटुलु हेरेर बस्न सकिन । त्यसैकारणले युगद्रष्टा डा• निर्मलमणि अधिकारीज्युले २० औं वर्ष लगाएर खोज , अनुसंन्धान , अनुष्ठान र साधना गरि अभिनिर्माण गर्नु भएको नेपाल मै जरो ( उत्पत्ति ) नेपालमै किलो ( निर्णय गर्ने शक्ति ) भएको राज्यराष्ट्र सिद्धान्त , सहृदयता दर्शन , स्थितिगत्यात्मक प्रगतिवाद , आधारशिला चतुष्टय ( विज्ञाानको बुद्धि, प्रविधिको प्रगति , धर्मको विवेक, सहृदयताको सम्बन्ध) लाई आत्मसात गरि जनसेवा गर्नका लागि आस्था ,निष्ठा , विचार, दर्शन, सिद्धान्त, जिम्मेवारी र कर्तव्यवोधको लागि मूलधारको एक मात्र पार्टी मौलिक जरोकिलो पार्टीको माध्यमद्वारा राजनीतिमा उभिएको जानकारी गराउन चाहन्छु ।

नेपाल सङ्कटै सङ्कटमा जेलिएको यहाँहरु सबैलाई विदितै छ । राजनीतिबाट उत्पन्न भएको समस्यालाई अरु कुनै अभियान, गालिगलौज र समस्या मात्र थुपारेर अर्कोलाई दोषमात्र देखाएर देश बाँच्न सक्ने वा यो सङ्कट समाधान हुन नसक्ने हुँदा राजनीतिमा मौलिक दर्शन, विचार, सिद्धान्त सहित आएको छु ।

समस्या देखाउन मात्र होइन समस्या समाधान सहित निकास र विकास दिन सक्ने मौलिकता बोकेको पार्टीमा आवद्ध भएर उपस्थित भएको छु। सम्पूर्ण नेपालीजनहरूको आशा, आत्मीयता , आत्मविश्वास जितेर जनसेवा गर्न दृढ संकल्पित भएर उपस्थित जनाएको छु । यहाँहरूको साथ र सहयोग पाउने पूर्ण विश्वास लिएको छु । अब पात्र मात्र परिवर्तन होइन कि पात्र र पात्रता दुवै नै परिवर्तन गर्न आवश्यक छ । सोही अनुसार पात्रता निर्माण गर्दै अगाडि बढेका हौं । आशा, आत्मविश्वास र आत्मीयताका साथ अगाडि बढौं । वैज्ञाानिक सत्ययुगको अभिनिर्माण गरौं ।
यो युग हाम्रो हो , अघि बढौं ।
जय होस् । मङ्गल होस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय