jQuery(document).ready(function($){ //
});

भारतमा कालो (ब्ल्याक) र सेतो (व्हाइट) ढुसी (फङ्गस)को सङ्क्रमणपछि पहेँलो ढुसी (यल्लो फङ्गस) को सङ्क्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यम अनुसार उत्तर प्रदेशको गाँजियाबादमा पहेँलो ढुसीको सङ्क्रमणवाट सङ्क्रमित भएका एक व्यक्ति पत्ता लागेको छ ।

कालो र सेतो ढुसीको सङ्क्रमणभन्दा पनि पहेँलो ढुसीको सङ्क्रमण बढी खतरनाक हुन सक्ने भन्दै डाक्टरहरूले चेतावनी दिएका छन् । विज्ञहरूका अनुसार पहेँलो ढुसीको सङ्क्रमण, दुई अन्य सङ्क्रमणभन्दा फरक हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसले शरीरको आन्तरिक अङ्गहरूलाई असर गर्ने तरिकाको कारण सङ्क्रमण बढी खतरनाक हुन सक्छ । दुई अन्य सङ्क्रमणभन्दा फरक, पहेँलो ढुसीको सङ्क्रमण आन्तरिक रूपमा सुरु हुन्छ । पिप निस्किने, घाउको ढिलो निको हुने, गम्भीर अवस्थाहरूमा, अङ्ग विफलता र नेक्रोसिस जस्ता लक्षणहरू निम्त्याउँछ ।

जसकारण बिरामीहरूले लक्षणहरू देख्न सुरु गर्नेबित्तिकै उपचार गराउन महत्त्वपूर्ण हुन्छ । प्रायःजसो ढुसीको सङ्क्रमण फहोर अवस्था, स्वच्छताको कमी, खाना तथा पानीसहितका दूषित स्रोत, स्टेरोइडको अधिक प्रयोग, एन्टीब्याक्टेरियल औषधि वा अक्सिजन प्रयोगको कारण सुरु हुनसक्छ । स्वास्थ्यमा पहिलादेखि समस्या भएका, वा रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका बिरामीमा सङ्क्रमणको जोखिम उच्च हुन्छ ।

कालो र सेतो ढुसीको सङ्क्रमणले अनुहारमा विकृति र सुन्निने समस्याजस्ता लक्षणहरू निम्त्याउन सक्छ । पहेँलो ढुसी शरीरमा आन्तरिक रूपमा फैलिन थाल्ने हुँदा सुरुमा यसबाट सङ्क्रमित भएका मानिसले कालो र सेतो ढुसीको सङ्क्रमणको लक्षणसहित धेरै फरक लक्षणहरू देखाउन सक्छ ।

शरीरको उर्जा कम हुने, शरीर सुस्त हुने, अत्याधिक थकान, पाचन प्राणालीमा समस्या हुने, खाना नरुच्ने, पटक्कै खान मन नलाग्ने जस्ता लक्षणहरू देखिन सक्छ । यसका साथै बिरामीको शरीरमा मेटाबोलिक परिवर्तन हुने, असामान्य तरिकाले तौल घट्ने र गम्भीर अवस्थामा बिरामीको आँखा रातो हुने, आँखा धसेको जस्तो वा बाहिर निस्केको जस्तो देखिने, घाउ निको हुन समय लाग्ने, पिप चुहिनेजस्ता लक्षण देखिन सक्छ ।(एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय