
प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच छलफल भएको छ ।प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाउनुभएको हो । प्रधानन्यायाधीश राणा बालुवाटारको ३ नम्बर गेट हुँदै प्रवेश गर्नुभएको बालुवाटार निकट स्रोतले पुष्टि गर्यो । प्रधान्यायाधीश राणा आधा घण्टा अघि बालुवाटार प्रवेश गर्नुभएको हो ।
विपक्षी गठबन्धनका १ सय ४६ निवर्तमान सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।