
वन तथा वातावरण मन्त्री प्रेम आलेले अक्सिजन सिलिण्डरमा आफ्नो फोटो सहितको स्टिकर टाँसेपछि सामाजिक सञ्जालमा त्यसको तस्बिर भाइरल भइरहेका छन् । जनता मृत्युसँग लडिरहेका बेला चीनले अनुदानमा दिएको सिलिण्डरमा आफ्नो फोटो टाँसेर राजनीति गरेको भनी उनको निकै आलोचना भइरहेको छ । मन्त्री आलेको व्यक्तिगत सहयोगमा भन्दै उनको फोटो टाँसिएका अक्सिजन सिलिण्डर चीन सरकारको अनुदानमा दिएका सिलिण्डर पनि छन्

ती सिलिण्डर उनले सुदूरपश्चिम प्रदेशमा ल्याएका हुन्। चीन सरकारले बैशाख २१ गते २ हजार अक्सिजनको खाली सिलिण्डर नेपाललाई अनुदानमा दिएको थियो । सिलिण्डरमा मन्त्री आलेले आफ्नो तस्विर राखेर प्रचार गरेका छन् । वन मन्त्रीका स्वकीय सचिव भक्त आलेका अनुसार सुदूरपश्चिममा १२५ वटा सिलिण्डर वन मन्त्रीले ल्याएका हुन् । ती मध्ये १५ वटा खाली सिलिण्डर स्वास्थ्य सेवा विभागले दिएको हो । विभागले दिएको सिलिण्डरमा पनि मन्त्रीले आफ्नो फोटो अंकिट स्टिकर टाँसेका छन्। जुन चीन सररकाले नेपाललाई अनुदानमा दिएका सिलिण्डर हुन् ।

बाँकी ११० मन्त्रीले आफ्नो लगानीमा सिलिण्डर खरिद गरेको स्वकीय सचिव भक्त आलले जानकारी दिए । ‘सुदूरपश्चिममा अक्सिजन सिलिण्डरको अभाव भएपछि मन्त्री ज्यूले आफ्नो लगानीमा सिलिण्डर ल्याउनु भएको हो’, उनले भने। ‘यहाँ १२५ वटा सिलिण्डर पुर्याएका हुन्। ७५ डोटी र ५० वटा सिलिण्डर कैलालीको सेती प्रादेशिक अस्पतालको लागि हो।’ स्वास्थ्य सेवा विभागले दिएका सिलिण्डरमा अक्सिजन भने मन्त्री ज्यूले आफ्नो पैसामा भरेको स्वकीय सचिव आलको दावी छ।
कोरोना महामारीले मृत्युवरण गरिरहँदा अनुदानको सिलिण्डरमा समेत आलेले आफ्नो तस्विर टाँसेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। वन तथा वातावरण मन्त्री प्रेम आले डोटी जिल्लाबाट निर्वाचित सांसद समेत हुन्। उनले गृहजिल्ला डोटीका अस्पतालमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि, सर्जिकल मास्क १ लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर, ३० एचडियु शय्या, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजर लगायत छन्।
उनले डोटी पुर्याएका सिलिन्डर देखि औषधीका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन्। केही दिनअघि मन्त्री आलेले कोरोनाबाट मृत्यु हुनेको दाह संस्कारका लागि दाउराको कमी हुन नदिने भनेपछि त्यसको पनि निकै आलोचना भएको थियो। फरक धार बाट