बन्दाबन्दीलाई छल्न एक जोडीले आकाशमै विवाह गरेका छन् । महामारी नियन्त्रणका लागि धेरै भिडभाड नहुन प्रशासनले निर्देशन दिएपनि १६० जना आफन्त सहित आकाशमा विवाह गरेका हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार भारतको तमिलनाडुको मडुराइका राकेश र दक्षिणा प्लेन चार्टर्ड गरेर आकाशमै विवाह गरेका हु्न् । उनीहरुको विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा भइरल भइरहेको छ ।
५० जना मात्रै भेला हुने दिने गरि नियम बनाइएको भएपनि उनीहरुले नियमको अवज्ञा गर्दै आकाशमा विवाह गरेका हुन् ।
स्पाइसजेटको बोइङ ७३७ जहाज मडुराईबाट बैगलुरूका लागि उडेको थियो भने विवाह सकिएपछि उनीहरू सोही जहाजमा पुनः मडुराईका लागि फर्किएका थिए।
विवाह चर्चामा आएपछि भारतीय उड्डयन प्राधिकरणले समेत अनुसन्धान थालेको छ।
प्राधिकरणका महानिर्देशकले स्पाइस जेटको उक्त प्लेनका स्टाफलाई अहिले ड्युटीबाट हटाइएको बताइएको छ ।






