
।। भोजराज घिमिरे ।। मोरङ्ग ।।
नेपाल औषधी व्यवसायी संघ मोरङले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य र खाद्यन्य सामाग्री वितरण गरेको छ ।
सो संघले एक कार्यक्रम आयोजना गरि आश्रम का ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सामाग्री र खाद्यान्य वितरण गरेको छ।
दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा स्थानिय प्रशासनले निषेधाज्ञा गरेपछि आश्रममा सहयोग गर्नेको संख्या घटनुको साथै खाद्यसामाग्री अभाव भएपछि संघले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यन्य र स्वास्थ्य सामाग्री वितरण गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।
आश्रममा संघले १० वटा ग्याससहितको सिलेण्डर, खाद्य सामाग्रीको साथै सेनिटाइजर र माक्सवितरण गरेको हो । पहिले पनि संघले सुरक्षाकर्मी र पत्रकारहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङ र नेपाल पत्रकार महासंघ मोेरङ शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । संघका अध्यक्ष लक्ष्मी तिम्सिना र अन्य पदाधिकारीहरूले संयुक्त रूपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आएका छन् ।
पहिलो लहरमा संक्रमण फैलिदा पनि संघले मोरङको उर्लाबारीमा रहेको बाल आश्रम, विराटनगरको पुष्पलालचौक रहेको वृद्धआश्रममा पुगेर स्वास्थ्य सामामाग्री र खाद्यन्य बितरण गरेको थियो । सोही बेला संघले मोरङको इलाका प्रहरी कार्यालयहरूमा पनि माक्स, सेनिटाइजर, ग्लोब्स, फेस सील्ड वितरण गरेको थियो ।