
दमक।। दमक नगरपालिकाद्वारा संचालित नियमित बच्चाहरुको खोप, यस काेभिड महमारीकाे जाेखिम परिस्थितिमा पनि निरन्तर संचालन भईरहेको छ।
महामारीको यस परिस्थितिमा बच्चालाई खोप लगाउन आउने आमालाइ सचेतना फैलाउने हिसाबले मेचीमहाकाली बुहारी संयुक्त आवाज संस्था दमकले, दमक वार्ड नं १० को खोप केन्द्रमा गएर पानि र माक्स वितरण गरेको छ।

यस कार्यक्रमलाई अभियानको रुपमा लगेर, हरेक खोप केन्द्रमा आउने आमा तथा बच्चाहरुलाइ सचेत गराईने संस्थाकी उप शाखा संयोजक जमुना अधिकारीले जानकारी दिनु भयो।

यस संस्थाले विगतमा थुप्रै सामाजिक कार्यहरु गर्दै आएको छ।
अहिलेको यस विषम परिस्थिथिमा झापा जिल्लास्तरमै सेवा, क्षेत्र र जिम्मेवारी तोकी कार्य विभाजन गरिएको केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बा र जिल्ला संयोजक शिखा खड्काले जानकारी दिनु भयो।
