
कतारमा कार्यरत दमकका दाजुभाईहरुले आर्थिक संकलन गरी ३ वटा अक्सिजन कन्सन्ट्रेसन पठाउनु भएको छ । उक्त कन्सन्ट्रेसनहरु आम्दा अस्पातल दमकलाई एउटा र अरु दुइटा दमक नगरपलिका ले सञ्चालन गरेको कोभिड अस्पताललाई हस्तान्तरण गरिएको छ।यो सहयोगको व्यवस्थापन दमक निवासी दिन्सेन् बोहोरा साथै कतारबाट सन्तोष गौतमले सहजीकरण गर्नु भएको हो। यो सम्पूर्ण कार्य व्यवस्थापन भने दमक उद्योग वाणिज्य संघ का कार्य समिति सदस्य चन्द्र खत्रीले गर्नु भएको थियो ।
