
मिति २०७८/०२/११ गते विवेकशील साझा पार्टी , प्रदेश १ को आयोजनामा उर्लाबारी-मंगलबारेमा तयार गरि कानेपोखरी देखि कमल गाउँपालिकिका सम्म सञ्चालित तातो भात अभियानको आज चौथो दिन।

आज उर्लाबारी- २ मा ४८ जनालाई, उर्लाबारी -३ मा २० जना, दमकमा २५ जना, मंगलबारे अस्पतालका कोभिड वार्डमा १० जना र उर्लाबारीका क्षेत्रमा अलपत्र ७ जना गरि जम्मा ११० जना अत्यन्तै विपन्न र असहाय दाजु भाइ तथा दिदिबहिनीहरुलाइ खाना खुवाउने काम सम्पन्न गरेको, विवेकशील साझा पार्टीका झापा जिल्ला सह- संयोजक जय बिमलिले जानकारी दिनु भयो।

यस अभियानमा सरिक भइ यस संकटमा भोको पेट भएकाहरुको जानकारी गराइ तथा आर्थिक वा खाद्यान्न सहयोग गरि मानवीय धर्म गर्न चाहानुहुनेलाइ तल उल्लेखित नम्बरमा सम्पर्क गर्न समेत उहाँले अनुरोध गर्नु भएको छ :
९८०२०७४४६०
