jQuery(document).ready(function($){ //
});

काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। यसपटको निषेधाज्ञामा मानिसहरु मर्निङ् र इभिनिङ वाकको नाममा घरबाट निस्किए कारबाही गर्ने गरि निर्णय गरिएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

तरकारी पसलमा मानिसको भिडभाड भएकाले त्यहाँबाट संक्रमण फैलिएको हुनसक्ने आशङ्कामा यस पटक थप गरिएको निषेधाज्ञामा तरकारी पसललाई कडाइ गर्ने भएको छ। त्यस्तै खाद्यान्नका पसल भने एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ।

बिबाहमा पनि १० जनाबाट घटाइएर ७ जना मात्र सहभागी हुन पाउने छन्। जसमा एउटा गाडी मात्र प्रयोग गर्न पाइने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय