jQuery(document).ready(function($){ //
});

बीमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ । बीमा समीतिबाट ४० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति पाएको हो ।

कम्पनीको गत वैशाख १२ गते २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो। सोही सभाले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गर्दै बीमा समितिमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

कम्पनीको प्रस्तावित हकप्रद निष्काशन गर्न अनुमति दिएको हो। धितोपत्रबोर्ड बाट हकप्रद निष्काशनको अनुमति पाएपछि यो कम्पनीको १०० कित्ता शेयर हुने लगानीकर्ताहरुले ४० कित्ता हकप्रद शेयर प्राप्त गर्न सक्नेछन् ।

बीमा समितीबाट हकप्रद निष्काशनको अनुमति पाएपछि अब कम्पनीले अन्तिम स्विकृतिका लागि धितोपत्र बोर्डमा निवेदन दिने छ ।

हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । मंगलबार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १४१६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय