
किशोर निरौला ।।
सुनसरी ।।
धरान १५ को अस्थायी प्रहरी चौकीका प्रमुख असई सुमन दाहाल माथि हतियारधारी समूहद्वारा बुधबार आक्रमण भएको छ ।
साँझपख एक हतियारधारी समूहले चौकीमा खुकुरी, तरवार सहित आक्रमण गरेको बताइएको छ । घाइते असईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।उनको देब्रे हातको नारीमा गम्भीर चोट लागेको प्रहरीको भनाई छ ।
प्रहरी चौकीमा मुचुल्का सँगै प्रहरीले अनुसन्धान गरिरहेको स्थानीयवासीले बताएका छन् । घटनाको पूर्ण विवरण प्राप्त भएको छैन ।