jQuery(document).ready(function($){ //
});

कोरोना भाइरसलाई नियन्त्रणमा लिन सफल देखिएको भारतको राजधानी नयाँ दिल्ली अब आँखा बिगार्ने घातक रोग कालो ढुँसीको चपेटामा परेको छ । यससँगै दिल्ली सरकारले ब्ल्याक फंगसलाई महामारी घोषणा गरेको छ ।
दिल्लीका राज्यपालले इपियोडेमिक एक्ट अनुसार बिहीबार यस्तो सूचना जारी गरेका हुन् । म्यूकोरमाइकोसिस भनिने यो रोगका बिरामी दिल्लीमा तिब्र गतिमा फैलिएका छन् ।

दिल्लीको सर गंगाराम अस्पतालमा यसको पहिलो बिरामी भेटिएका थिए । त्यसयता दिल्लीको म्याक्स, अपोलोसहितका ठूला अस्पतालमा समेत पुष्टी भएको छ । यो रोगका कारण कैयौं मानिसहरुले ज्यान समेत गुमाउन परेको भारतीय संचारमाध्यमले लेखेका छन् । सरकारका अनुसार अहिलेसम्म यो रोगका कारण ६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सर गंगाराम अस्पतालका वरिष्ठ ईएनटी विशेषज्ञ डा. मनीष मुंजाललाई उदृत गर्दै बीबीसीले लेखे अनुसार यो एक गम्भीर प्रकृतिको रोग हो, तर डराउनु पर्ने अवस्था भने छैन । यो रोग प्रतिरोधात्मक क्षमता कम हुने मानिसमा देखा पर्छ । यसले खासगरी आँखासहितका अंगमा कालो ढुँसी देखिन र आँखा नै निकाल्नु पर्ने अवस्था आउन समेत सक्छ ।

कोरोना भन्दा अगाडी यो रोग कीमोथेरापी, अनियन्त्रित डायबिटीज, ट्रान्सप्लान्टका बिरामी तथा वृद्धवृद्धामा देखिने गरेको थियो । तर, कोरोना महामारी पछि भने कोरोना जितेका बिरामीमा समेत देखिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय