jQuery(document).ready(function($){ //
});

संसद पुनर्स्थापनाको मुद्दा आज देखि सर्वोच्च अदालतमा सुनिदैछ । संसद विगठन विरुद्ध ३० वटा रिट परेका थिए । जसलाई प्रधानन्यायधीश सहित अरु ४ जना न्यायाधीश रहेको बेन्चले हेर्ने छ । वैशाख २७ गते विश्वासको मत लिन खोज्दा नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए ।

देउवाले सत्तारूढ एमालेका २६ सहित १४९ सांसदको हस्ताक्षर बुझाएका थिए। ओलीले भने आफ्नो दलका १२१ जना सदस्य सबै आफूसँग रहेको र जनता समाजवादी पार्टीको संसदीय दलका नेताले दिएको समर्थनका कारण उक्त दलका ३२ सांसदको समर्थन पनि आफूलाई नै भएको भन्दै दाबी प्रस्तुत गरेका थिए।

राष्ट्रपतिले दुवैको दाबी नपुगेको भन्दै नयाँ सरकार गठन हुन नसकेको बताइन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

शुक्रबार राति बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको मिति तोक्न सिफारिस गर्यो। राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको मिति घोषणा गरिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय