
बिएण्डसी मेडिकल कलेज विर्तामोडले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेको छ।
मेडिसिटी अस्पतालमा उपचाररत् थापाको उपचारमा आर्थिक सहयोग आह्वान भएपछि बिएन्डसीले सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेको हो।
शनिबार बिएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विज्ञप्ति जारी गर्दै उपचारमा लागेको सबै खर्च प्रदान गर्ने बताएका छन् ।
‘नेपालमा गणतन्त्र स्थापनामा लाग्नुभएका एक असल सामाजिक अभियन्ता उपचारमा रहनुभएको र उहाँको उपचारमा सहयोग संकलनको आह्वान भएको समाचार आएकाले हामीले सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेका हौं,’ प्रसाईंले विज्ञप्तिमा भनेका छन्, ‘यो हाम्रो सामाजिक उत्तरदायित्व हो र उपचार खर्चको अभावमा कुनै पनि नेपालीले अकालमा मर्नु नपरोस् भन्ने हाम्रो मूल मान्यता हो।’
थापा मेडिसिटीको भेन्टिलेटरमा उपचाररत् छन्। उनको उपचार खर्च जुटाउन आर्थिक सहयोग आह्वान गरिएको थियो।