jQuery(document).ready(function($){ //
});

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको परिवारले उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरेको छ ।

शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचचाररत उज्वल थापाको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए । तर शनिबार नै परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरिएको प्रेस नोटमा उक्त सहयोग अस्वीकार गरिएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

‘उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’ प्रेस नोटमा भनिएको छ ।

थापाको सहयोगका लागि हालसम्म अमेरिकी डलर २२,२९१ र नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय