
।। किशोर निरौला ।।
कोरोना भाइरस संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बनेको छ । विवेकशील साझाका संयोजक मिलन पाण्डेका अनुसार थापाको स्वास्थ्य अवस्था बिहानदेखि जटिल रहेको छ ।
केही दिनअघि कोरोना संक्रमण देखिएपछि ग्राण्डी अस्पतालमा थापालाई भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल भएका कारण इक्मो प्रविधिबाट थप उपचार गर्नुपर्ने भएकाले ग्राण्डी अस्पतालबाट थापालाई मेडिसिटी अस्पताल पुर्याइएको थियो ।
‘बिहानदेखि उज्ज्वल दाइको स्वास्थ्य जटिल रहेको छ । मेडिसिटी अस्पतालका विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीहरू २४सै घण्टा उहाँको उपचारमा खटिनुभएको छ । अन्य स्वास्थ्य अवस्थाका बारेमा परिवारको आग्रहअनुरूप योभन्दा बढी सार्वजनिक गर्न असमर्थ छौँ,’ उनले सामाजिक संचालमार्फत जानकारी दिएका छन् ।
उनको इक्मो प्रविधिबाट उपचार गर्नका लागि २५-३० लाख रुपैयाँ लाग्ने र सो रकम परिवारले जुटाउन गाह्रो परेकाले युवाले सहयोग आह्वान गरिएका थिए । हालका लागि उक्त अभियन बन्द गरिएको उनले बताए ।