
कमल गाउँपालिका वडा न.१ को संघर्ष समितिले, सरंगपाडा स्थित नरेन्द्र जनता मा. विमा पुन ताला बन्दि गरेको छ।
सरंगपाडा स्थित नरेन्द्र जनता मा. वि. को आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ को आन्तरिक र सार्वजनिक अडिट अर्थात लेखापरीक्षण नगरिएको भनी यो भन्दा अगाडी न्यायपालिकामा उजुर समेत जाहेर गरेको थियो। तर उनीहरुले ठोस कदम केहि नदेखे पछि ताला बन्दि गरि अडिट भन्दा पहिला सार्वजनिक सुनुवाईको माग राखेको छन्।

आफ्नो मुद्दामा आफै न्यायाधीश हुन पाइन्छ र? केहि दिन अघि हामीले गाउँपालिका अन्तर्गतको न्यायिक समितीमा उजुरी दिदा स्पष्ट भनेका थियौ हाम्रो विद्यालय प्रशासन , ब्यवस्थापन समिति र गाउँपालिकाद्वारा गठित छानबिन समितलाई दिइने सबै समयसिमा नाघिसकेका छन किनकि यो बिषय उठेको १ बर्ष भन्दा बढी भैसक्यो । सोही पुनर्गठित छानबिन समिति ब्युझाएर विद्यालय पठाइ खाता जफत गरिएको ठङ्गमा नभई प्रधानाध्यापक तथा अन्य जिम्मेवार ब्यक्तिहरुलाइ बचाउने ढंगमा काम गरिएको बुझिएको साथै ढिलासुस्ती लामो र लाजमर्दो समयसम्म भएको स्थितिमा स्वयं शिक्षा शाखा प्रमुख ज्यु दोषी हुनुहुन्न भन्न सक्ने अवस्था छ ? यसरी विद्यालयमा गाउँपालिका अन्तर्गतको न्यायिक समितिमा कुरामा पुग्दापनी आफु सन्लग्न हुने मुद्दामा आफैंले प्रतिबेदन तयार गरेको बुझेर हामिले तालाबन्दी गरेको, संघर्ष समितिका अध्यक्ष शिव खड्काले बताए।