jQuery(document).ready(function($){ //
});

आदरणीय मान्यजनहरु, नमस्कार । युगद्रष्टा गुरुदेवका विचार, दर्शन एवम् सिद्धान्तहरुबाट अभिप्रेरित हुदैं नेपाल केन्द्रित दृष्टिकोणबाट मौलिक जरोकिलो पार्टी र जरोकिलो महाअभियानले गरेका कामहरूबाट आज पराई प्रतिमानमा आश्रित केही तथाकथित मनहरुलाई र वैचारिक जाल भित्रका भ्रमहरुलाई हल्लाउन सफल भएको छ ।

जरोकिलो प्रति जनताको आस्था, विश्वास र सहभागिता देखेर आज यी पराई प्रतिमानका पिछलग्गुहरु छटपटाउन थालेका छन् । आफ्नो केही समयदेखी निरन्तर चलेको भ्रमको खेतीमा जनता जागरुक भएर औंला उठाउन थालेको देख्दा रनभुल्लमा पर्न थालेका छन् । जनतालाई गुलिया सपना बाँडेर आफ्नै अभिष्ट पुरा गर्न लागि परेका यी ब्वाँसारुपी चरित्र बोकेका द्रव्यपिसाच र आफ्नो संस्कार, संस्कृति, सभ्यता, ज्ञान परम्परा, मौलिकताका साथै नेपालको राष्ट्रिय चरित्रलाई विदेशीको इसारामा विसर्जन गर्ने भूईंफुट्टाहरुको अन्त्यको दिन नजिकिंदै छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आज देशले नयाँ सिद्धान्त, नयाँ दर्शन, नयाँ प्रतिमान, नयाँ नेत्तृत्व, नयाँ प्रणाली, नयाँ संविधान, नयाँ पात्र, नयाँ पात्रताको खोजी गरिसकेको छ । जनताको यो नवयुग निर्माणको जनलहरलाई रोक्न फेरी पनि केही कुतत्वहरु अनेक बहानामा आफ्ना विदेशी मालिकहरुको इसारामा सक्रिय हुन थालेका छन् । हामी विश्नस्त छौं कि राष्ट्रप्रेमी नेपाली जनताले यस्ता दुराशय बोकेका दास मनोवृत्तिमा रमाउने तत्वहरुको पहिचान गरि धुलो चटाउने नै छन् । हुनत यस्तो राक्षसी प्रवृत्ति हामीले पटक पटक देखेका र भोगेका छौं ।

श्रीकृष्णको युगमा शिशुपाल , श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको युगमा मुकुन्द सेन, योगी नरहरीनाथको युगमा सूर्यबहादुर थापा र कृष्ण प्रसाद भट्टराईको युगमा गिरीजा प्रसाद कोइराला जस्ता पात्रता विहिन पात्रहरुको पनि जन्म भएकै थियो । जवजव युगप्रवर्तनकारी शक्ति अग्रणी हुन्छन् तवतव महिषासुर मनहरू उद्वेलित हुन थाल्दछन् । धर्तिको इतिहासमा यो नौलो कुरो होइन । गल्लिमा कर्कश आवाजहरुले स्वर मच्चाए भन्दैमा गजराजको यात्रा कहाँ रोकिएको छ र ? सत्य आफैमा प्रज्वलित हुने हुँदा यी अध्यारोबाट शुरु भएर अध्यारोमै विलिन हुनेहरुलाई हामीले केही गर्नु पर्दैन । यस्ता तत्वहरुको दुर्गतिका लागि स्वयं उनीहरुको कर्मले नै निर्धारण गरिसकेको छ। युगान्तकारी एवम् युगप्रवर्तनकारी प्रकाशलाई छाेप्न लाख काेशिस गरे पनि असफल नै हुन्छन् ।

सबैको सोचाइ एउटै हुदैन । युगद्रष्टाको मार्ग निर्देशनमा रहेर सत्यले, निष्ठाले एवम् राष्ट्रप्रतिको कर्तव्यवोध र जिम्मेवारीवोधले नेपाललाई विश्वको केन्द्र बनाउँदै वैज्ञानिक सत्ययुगको स्थापनार्थ राष्ट्रोदयको महाअभियानमा आचार्य पद्धति र गुरुशिष्य परम्परालाई आत्मसात गर्दै समर्पित महाअभियन्ताहरुको पनि कमि छैन यहाँ । सत्य कुरा त के हो भने, सत्कर्ममा जुट्ने सबैको प्रारव्ध नहुँदो रहेछ । आखिर जे भए पनि सत्कर्म र सत्प्रयासबाट प्राप्त फलको रसास्वादन गर्ने अधिकार त सबैमा अन्तर्निहित छ । फरक यत्ति हो – कुनै दिन सोचाइ आउनेछ कि म किन युगप्रवर्तनकारी शक्ति बन्न सकिन ।

म पनि त युगान्तकारी एवम् युगप्रवर्तनकारी शक्तिले आफ्नो दिव्यकर्म विस्तार गरेको समयमा नै जन्मेको थिएँ । हरेक कुरालाई हेर्ने दुई मात्र दृष्टिकोण हुदैनन् । हाम्रो पूर्वीय मौलिक पद्धतिमा एघार प्रकारले सत्यताको विश्लेषण र निरूपण गर्न सकिन्छ भन्ने यथार्थलाई पश्चिमा मानकको वैचारिक जालमा परेकाले बुझ्न सक्दैनन् । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नु यथार्थ ज्ञान हो भने हरेक कुरालाई नराम्रो मात्र सम्झनु दृष्टि र बुद्धि भ्रम हो । त्यसैले सम्पूर्ण मान्यजनहरुलाई के अनुरोध छ भने जरोकिलोले गर्न लागेको कुरा के हो भन्ने तथ्यगत रुपमा बुझ्नुहोला । बुझ्नु भएन भने बुझेकासँग सम्पर्क गर्नुहोला । आखिर देश बनाउने दायित्व त सबैको हो नि ? समय परिस्थितिले गर्दा भौतिक ( स्थूल ) तहमा दीनता , मलिनता आयो होला तर सूक्ष्म, कारण, महाकारण र शुद्ध चैतन्यमा नेपाल आज पनि विश्वको केन्द्र हो ।

युगद्रष्टा को मार्गनिर्देशनमा नेपालको पुनर्जागरण गरौं र नेपाललाई पुन: वैदिक सनातन हिन्दू, बौद्ध, बोन, जैन, किरात जस्ता मौलिक धर्महरुको सहृदयी चरित्र अंगाल्दै देवभूमि, तपोभूमि, योगभूमि, ज्ञानभूमि , सभ्यता, संस्कार, संस्कृति, अध्यात्म, सहृदयता आदिको केन्द्र बनाउन एकजुट बनौं । अर्जुन कुमार भट्टराई झापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय