jQuery(document).ready(function($){ //
});
– इन्द्र प्रसाद ओली, अध्यक्ष, मौलिक जरोकिलो पार्टी प्रदेश नं १

प्राचीनकाल देखि अहिले सम्म नै चिन्तनले विश्वमा प्रभाव पारेको छ । योग, आयुर्वेद,दर्शन आदि चिन्तन्हरुलाई हेर्ने हो भने विश्वमा हामी अग्रणी नै रहयौं र अहिले पनि अग्रणी नै छौं । नेपाल त योगभूमी तपोभूमी, ज्ञानभूमी र चिन्तन दर्शनको मूल भूमी रहि आएको छ । अनेकौं ऋषि महर्षी र योगिहरुले आफ्नो जीवनको महत्वपुर्ण समय यहिँ गुजारेको पाइन्छ। त्यसैले नेपाल सधैं प्राचीन सभ्यताको केन्द्र रहयो ।बाल्मिकि रामायण र व्यासद्धारा रचित महाभारतले विश्वलाई नै यतातिर ( पूर्विय दर्शन तिर) आकर्षित बनायो ।हाम्रो चिन्तनले भन्छ आत्मनो मोक्षार्थ जगदहिताय च अर्थात समाजको हित र आत्मोपलब्धि नै हाम्रो धेय हो । विगतमा कसैको नियन्त्रण या साम्राज्यमा नपरेका वर्तमानमा रहेका प्राचिनतम ५ राष्ट्र मध्येको एक राष्ट्र नेपाल हो। नेपाल विश्व कै प्राचीन राष्ट्र हो ।शैव, वोन, मुन्धुम, किरात जैन र बुद्धधर्म नेपालमै जन्मिएका हुन। वेद , महाभारत र रामायण पनि नेपाल मै लेखियो ।चाण्क्यको अर्थशास्त्र ,सुश्रुत संहिता आदिमा पनि नेपालको वर्णन गरिएको छ। वैदिक ज्ञाानका कतिपय गुह्य रहस्यहरु नेपालमा मात्र जीवित छन। विदेह विध्या ससर्परी ब्राही , सौरी विध्याहरु यहाँ नै खोज भए । नेपालको राष्ट्रीय ध्वजा पनि विश्वको सबैभन्दा प्राचीन ध्वजा हो ।लुम्बिनिको सगरहवामा ऐतिहासिक उत्खनन गर्दा पनि पत्थरमा त्रिकोणत्मक नेपालको झण्डाको छाप पाइएको थियो। राजा रामको राज्य अभिषेकमा नेपालबाट राजा सुधन्वा सहभागी भएका थिए।

सांख्य दर्शन :- विश्वकै पहिलो दर्शन महर्षी कपिलको सांख्य दर्शन हो।जुन नेपालको कपिलबस्तुमा लेखियो।बुद्ध पनि कपिलको दर्शनबाट प्रभावित हुनुभएको छ। उहाँका चार आर्य सत्य पनि कपिलको सांख्य दर्शनका हेय,हेयहेतु ,हान हानोपाय सङ्ग मिल्दछन।आज सम्म पनि सांख्य दर्शन जस्तो ओजपुर्ण दर्शन विश्वमै छैन।

RAWA Hills Town Property

RAWA Hills Town Property

तौलमापन :- जोखेर परिमाण निर्क्यौल गर्ने विधि विशुद्ध नेपालको अविस्कार हो। भास्कराचार्यलाई नापतौल का ब्याख्याताको रुपमा लिइन्छ तर उनी चौधौ शताब्दिका हुन । एक लालगेडी बराबर एक रत्तिको एकलाल ,दस लालको एक माषा, दस माषाको एक तोला हुन्छ ।यहि तोलाबाट तौल र तुला वा तराजु बन्दछ। तुला बोधक तोला नेपाली तौल प्रणालीको सबैभन्दा प्रमाणित इकाइ हो । यो पच्चिस सय वर्ष भन्दा पुरानो प्रणाली हो। तुला शब्द यजुर्वेदमा पनि पाइन्छ। जसलाई यज्ञवल्ल्वले जनकपुरमा लिपिबद्ध गरेका थिए ।

शालिग्राम:- शालिग्राम पवित्र काली गण्डकी नदिमा मात्र पाइन्छ । यो पवित्र शिला चक्राङ्कित हुन्छ। संसार कै ठूलो शालिग्राम कृष्ण गण्डकिको स्याङ्जा, गुल्मी र पर्वत जिल्लाको सङ्गम सेतिवेणी भन्ने ठाउँमा रहेको छ । शालिग्रामलाई सबै सनातनी को घरमा साक्षात नारायणको रुपमा राखेर पुजा गरिन्छ ।विश्वका विभिन्न देशमा पनि शिला या काठका मुर्ती र प्रशिद्ध मन्दिरहरु हुन्छ्न तर तिनिहरुमा शालिग्राम राखेर प्राणप्रतिष्ठान गरेपछी मात्र ती पुजाका लागि योग्य हुन्छन।

महाभारत :- महाभारत विश्वकै अदभुत र सबैभन्दा विशाल ग्रन्थ हो । छन्दोवद्द यस ग्रन्थमा एक लाख श्लोकहरु छन।राजनिती ,धर्मनिती, कुटनिती , समाज व्यवस्था आदिको अध्ययनको लागि एउटा मुख्य श्रोत महाभारत महिर्षी वेदव्यास ले नेपालकै दमौलिको ब्यासगुफामा रचना गर्नु भएको थियो। गायत्री :- वैदिक धर्ममा गायत्रीको ठूलो महत्व छ ।सन्ध्यावन्दन गर्दा गायत्री जय पनि गरिन्छ । यो मन्त्र को अधिष्ठता ऋषि विश्वमित्र हुन । विस्वामित्रले कोशी नदिमा गायत्री साधना गर्नु भएको थियो। गायत्री व्याहुती र सावित्री को साधना गरि जगाउने काम कोशी गण्डकी र कर्णाली मा भयो । यसका अधिष्ठता ऋषिहरु विस्वमित्र, वशिष्ठ र वामदेव हुन। अन्न( धान) को अविस्कार :- शुक्ल यजुर्वेदमा नै निवार शब्द पाइन्छ । निवार जातिको नभइ केदार ( ट्र्पिकल ) जातिको धान हो। उण्णी भएरपनि सिमसारमा छरिने भएकोले यसलाइ केदार भनिन्छ । नेपाली वैज्ञानिकहरुले हिमालको दक्षिणी भेगमा नै धान र त्यसको इन्डिका, जसपानीक्स्स र जाभोनिक जस्ता खेतीवर्गहरु विकशित भएको मानेका छन । यसको अर्थ चीन जापान कोरिया इन्डोनेसिया र भारतसम्म पनि धान खेतीको विस्तार नेपाल बाटै भएको हो। आजपनी अफ्रिकी महादेशमा फल्ने धान मध्ये ८० प्रतिशत नेपाली धानबाटै हाइब्रीड गरि बिकसित गरिएको धान हो ।

योग र नृत्य :- योग र नृत्यको अविस्कार शिवबाट भएको हो । शिवजीलाई हिमालयका देवता अर्थात यजुर्वेदमा गिरिसन्त भनिएको छ। भगवान शिवले नै विभिन्न योग, आसन तथा नृत्यको विकास गर्नु भएको हो। शिव लाई नाट्यराज पनि भनिन्छ। हामीमा नेपालको यतिको ठूलो ज्ञाान भण्डार भए पनि हाम्रा शासकहरु गतिलो नहुँदा यी सबै ओझेलमा परेका छन। हाम्रा कुनैपनि पाठ्य पुस्तकमा नेपालको विरासत र गौरवलाई समावेस नगरिनु कति दु: खदायी र पीडादायी कुरा भएको छ हामिमा । भोलि हामी भन्दा पछिका सन्ततिलाई यी तथ्यबाट हामीले वन्चित गराउन खोज्नु हुँदैन । कपुतन्त्रे पद्धतीबाट हामिले आज कुनै अमूक जातको पहिचान खोजी रहँदा नेपालका मान प्रतिष्ठा विरासत यहाँका मौलिक पहिचान गर्व गर्न लायकका विषयहरु र नेपाली अस्मिताको बारेमा किन मौन ?? यो गम्भीर प्रश्न भएको छ । त्यसकारण हाम्रो जरो ( उत्पती ) किलो ( निर्णय) को खोजी हामिले किन नगर्ने ??

अनि हाम्रा आफ्ना कुरामा गर्व किन नगर्ने ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय