
।। भोजराज घिमिरे ।। मोरङ्ग ।।
मोरङ जिल्ला प्रशासन कार्यलयले जेठ २४ गते सम्मको लागी निषेधाज्ञा समयअवधि थप गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने नियर्ण गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज चौथौं पटक थपिएको निषेधाज्ञाको समय सकिनु अगाडि पाँचौ सूचना जारी गर्दै २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गरेको ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने आधारको रुपमा प्रशासनले लिएको छ ।
कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा लगाउन चर्काे दवाव परेपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।