jQuery(document).ready(function($){ //
});

आगामी आर्थिक वर्ष २०७८।७९ का लागि बजेट घोषणा गरेको दुई दिनमै अर्थ मन्त्रालयले बजेटको कार्यान्वयनका लागि गृहकार्य थालेको छ ।

रु. १६ खर्ब ४७ अर्बको ठूलो बजेट कार्यान्वयनमा समस्या हुने भन्दै टिप्पणी आउने क्रम तिब्र भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ आर्थिक वर्ष शुरु हुनुभन्दा डेढ महिना अगाडि नै बजेट कार्यान्वयनको प्रक्रिया अघि बढाएका हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा सुरु गरी छिटो परिणाम ल्याउनका बजेट प्रस्तुत भएको पर्सिपल्टदेखि नै बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको मन्त्रालयले बताएको छ ।

यसै क्रममा सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरु उपस्थित बैठकलाई सम्बोधन गर्दै उनले बजेटमा समावेश भएका कार्यक्रमहरुको समयमा सुरु गर्नका लागि कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवात देखि नै कार्यान्वयन प्रकृया अघि बढाउने गरी तयारी गर्न निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं । बजेटका योजना र कार्यक्रमहरु सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिका सहित अघि बढ्नुहोस्, अर्थमन्त्री पौडेलले भने ।
बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण पनि उनले बताए ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोत सम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय