jQuery(document).ready(function($){ //
});

विविध – गीता हिन्दू धर्मको सर्वोत्कृष्ट किताब हो भनिन्छ यसमा जिन्दगीको हरेक प्रश्नको उत्तर लुकेको छ । हरेक दु:ख व्यवस्थापन गर्ने तरिका लुकेको छ । ७०० श्लोकको गीता का प्रत्येक श्लोक महत्वपूर्ण छन् । आज हामीले ती मध्ये पाँचवटा श्लोक लिएर आएका छौँ जसले जिन्दगीको अर्थ बुझाई तनाब व्यवस्थापन गर्न मद्दत गर्दछ र हामीले जिन्दगीमा कहिल्यै दुख पाउनु पर्दैन ।

श्लोक १
नैनं छिद्रन्ति शस्त्राणि नैनं दहति पावक: । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत ॥
(द्वितीय अध्याय, श्लोक 23)
अर्थ – अर्जुनले युद्ध गर्दिन भनेर हतियार बिसाउन लाग्दा सम्झाउँदै कृष्ण भन्नू हुन्छ । हे अर्जुन तिमी के को मोहले संघर्ष गर्दिन भन्दै छौ ? त्यो आत्मालाई न कसैले काट्न सक्छ न जलाउन , न भिजाउन नै ।

RAWA Hills Town Property

RAWA Hills Town Property

श्लोक २
हतो वा प्राप्यसि स्वर्गम्, जित्वा वा भोक्ष्यसे महिम्।
तस्मात् उत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चय:॥
(द्वितीय अध्याय, श्लोक 37)
अर्थ – यदि तिमी (अर्जुन) युद्ध मा वीरगति प्राप्त हुन्छौ भने तिमीलाई स्वर्ग मिल्नेछ र यदि विजयी हुन्छौ भने धरती को सुख भोग्नेछौ… त्यसैले उठ, हे कौन्तेय (अर्जुन), र युद्ध गर। (यहां भगवान श्रीकृष्ण ले वर्तमान कर्म को परिणाम को चर्चा गर्नु भएको छ, वर्तमान कर्म भन्दा श्रेयस्कर अरु केहि छैन ।)

श्लोक ३
यदा यदा हि धर्मस्य ग्लानिभज़्वति भारत:।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥
(चतुर्थ अध्याय, श्लोक 7)

अर्थ- हे भारत (अर्जुन), जब-जब धर्म ग्लानि यानी लोप हुन्छ र अधर्म मा वृद्धि हुन्छ, तब-तब म (श्रीकृष्ण) धर्म को अभ्युत्थान का लागि स्वयम् को रचना गर्छु अर्थात अवतार लिन्छु।

श्लोक ४
परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे-युगे॥
(चतुर्थ अध्याय, श्लोक 8)

अर्थ: सज्जन पुरुष को कल्याण का लागि र दुष्ट को विनाश का लागि… र धर्म को स्थापना का लागि म (श्रीकृष्ण) प्रत्येक युग मा जन्म लिँदै आएको छु।

श्लोक ५

कर्मण्येवाधिकारस्ते मा फलषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥
(द्वितीय अध्याय, श्लोक 47)

अर्थ-कर्ममा मात्र तिम्रो अधिकार छ फलमा छैन त्यसैले फलको आशा नगरी कर्म गर (ताकी तिमीलाई भविष्यमा असफल भएको दुख हुने छैन)

गीता वाणी अरुले पनि पढुन् भन्नेले सेयर गर्न नभुल्नु होला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय