
सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनौट खेलको दोस्रो चरण बिहीबार सुरु हुँदैछ ।
कुवेतमा हुने समूह बी को छनौट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले चाइनिज ताइपेईलाई जाबर अल-हमद अन्तर्राष्ट्रिय रंगशालामा स्थानीय समय अनुसार रातिको ९:४५ बजे खेल्दै छ।