jQuery(document).ready(function($){ //
});

हाल नेपालका धेरै नागरीकले समयमै भरपर्दो स्वास्थ्य सुविधा पाउन नसकेकाले असामयिक मृत्युवरण गर्नुपरिरहेको छ । 

नेपालमा अहिले निजी तथा सरकारी प्रयोगशालाले कोरोना भाइरसको परीक्षण गरिरहेका छन् । तर, देशभरका कुल पिसिआर प्रयोगशालामध्ये ४५ प्रतिशत काठमाडौं उपत्यकामै केन्द्रित रहेको देखिन्छ । यसैका कारण उपत्यकामा संक्रमितको संख्या देशका अन्य भागमा भन्दा बढी देखिएको बुझाई छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै उपत्यकामा पिसिआर परीक्षणको दायरा बढाईएको छ । तर, पहाडी तथा हिमाली जिल्लाका परीक्षण केन्द्रहरू सदरमुकाम वा बजार क्षेत्रमा मात्र केन्द्रित भएका छन् । दूरदराजका गाउँबाट जिल्लास्थित स्वाब संकलन केन्द्रसम्म धाएर त्यहाँ संकलित स्वाबलाई पुनः अर्को जिल्लामा रहेको पिसिआर परीक्षण केन्द्रमा लगेर परीक्षण गरी रिपोर्ट आउँदासम्म ६–७ दिन बितिसकेको हुन्छ ।

स्वास्थ्य सेवाका लागि दुर्गम स्थानका विपन्न मानिसले सहरी क्षेत्रमा आउनुपर्छ । यस्तैमा, राजधानी मै यस्ता विकट ठाउँ पनि छ जहाँ कोरानाले एक गाँउनै आक्रान्त भएको छ । यस्तो अवस्थामा सम्बन्धित निकायले पहल गर्नुपर्नेमा नगरपालिकाले ध्यान नदिएको स्थानीयको भनाई छ । यस्तै, त्यहाँको जनतामा चेतनाको अभाव पनि रहेकाले वडा प्रतिनिधिहरु लगायतले चेतना दिन जरुरी रहेको उनीहरुको भनाई छ ।  

कोरोना भाइरस महामारीको दोस्रो लहरका बेला उपचार नपाएर जो कोही व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले सामाजिक अभियान्ता श्वेता श्रेष्ठको विषेश पहलमा गोकर्णेश्वर नगरपालिका वडा नंबर १ चिलाउने स्थीत इश्वरी आधारभुत विद्यालयमा ५० जनाको पिसिआर परीक्षण गरिएको छ । यस्तो विकराल अवस्थामा परीक्षण र आइसोलेसनलाई तीव्रता दिन अत्यावश्यक रहेको बताउँदै उनले संक्रमित व्यक्तिको परीक्षण र आइसोलेसनका लागि पर्याप्त मानव स्रोत आवश्यक भएको बताईन्। 

दुर्गम स्थान तथा जिल्लामा समेत धेरै चिकित्सा शास्त्रका विद्यार्थी, सेवाकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका उपलब्ध भइसकेको हुँदा स्थानीय सरकारले तिनको  सहयोगमा कोभिड– १९ संक्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान र निरोधात्मक स्वास्थ्य सतर्कता उपलब्ध गराउन सकिने उनी बताउँछिन् । त्यहाँका स्थानीयको सुचनाका आधारमा अवलोकनमा गएर आफुले उक्त कार्य गर्न सफल भएको उनले बताईन् । संक्रलित स्वाव नगरपालिका स्वास्थ्य शाखामा बुझाईएको पनि उनले बताईन् । 

यस्तै, उक्त गाउँमा अहिले सम्म पिसिआर परिक्षण नहुनमा आर्थिक देखि लिएर जनशक्तिको अभाव पनि देखिएको सामाजिक अभियान्ता श्रेष्ठले बताईन् । स्थानीयहरुले कोरोना परिक्षण गरेर पोजेटिभ आएपनि कहाँ जाने सबै अस्पतालहरुमा बेड अभाव छ भन्ने गरेकोे उनले भनिन् ।  विकसित मुलुकले त कोरोना नियन्त्रणका लागि हर कदम प्रयास त गरि रहेकै छन् तर हाम्रो देश नेपालमा त सा्रेत साधनको अभावका कारण कयौ घटनाहरु घट्ने गरेका छन् । त्यसो त जनप्रतिनिधि तथा स्थानिय सरकारलाई मात्र यसको दोष दिन मिल्दैन । 

उक्त कार्यका लागि बाग्मति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाकोको विशेष भुमिका रहेको थियो । बी पी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलको संक्रियता साथै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा न. १ को अध्यक्ष राम मानन्धर, वडाको स्वास्थ्य प्रमुख, जनप्रतिनिधिहरु, स्थानीय एवम् पत्रकार समेत रहेका सोम शर्मा, समाजसेवी, बुद्धिजिवि लगायतको पनि सहयोग रहेको थियो ।  उक्त कार्यका लागि गोकर्णेश्वर नगरपालिकाले कोरोना टेस्ट किट उपलब्ध गराउनुका साथै यातायातका लागि बी पी संग्रहालयका अध्यक्ष पोखरेललै सहजिकरण गरेका थिए । स्वास्थ्यकर्मीहरुको पारिश्रमिक भने सामाजिक अभियान्ता श्रेष्ठले उपलब्ध गरेकी थिईन् । 

नेपाल कोरोनाको चपेटामा परेसंगै अस्पातलहरुमा संक्रमितका लागि रगत अभाव नहोस् भन्ने मनसायले  ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ संचालन गर्दै आएकी उनले पछिल्लो समय आफ्ना सम्पूर्ण सेवा नै कोभिडका लागि समर्पित गरेकी छिन् । उनी विगत केही वर्ष देखि नर्सिङ पेसामा कार्यरत रहेकी थिईन् । हाल उनी काठमाडौं महानगरपालिका वडा नं ६ स्थीत श्री जनकल्याण माध्यामिक विद्यालयमा संचालित आइसोलेशनमा सेवा प्रदान गर्दैछिन् । 

पक्कै पनि विपद्का अवस्थामा मानवीय सेवाका लागि धन नै चाहिन्छ भन्ने होइन, मन भए पुग्छ । यसैका एक उदारण बन्न सफल भएकी छिन् उनी । वास्तवमै  समाजसेवा त तन मन र वचनले पनि हुन्छ भनेर मनन गर्न सबैले जरुरी छ । अहिले विषम परिस्थितिमा आफू खटेर बिरामीको सेवामा लागि परेको उनी बताउँछिन्। 


गोकर्णेश्वर नगरपालिकामा हालसम्म २३ सय भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७ सय भन्दाबढी संक्रमणबाट मुक्त भएका छन् भने कोरोनाका कारण ३ दर्जन भन्दाबढीको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले  जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय