
इभेन्ट्स एनपीले आज आफ्नु प्रथम वार्षिक उत्सव मनाएको छ।
कुनै पनि कार्यक्रम तथा इभेन्टको बारेमा जानकारी दिन मिल्ने ‘इभेन्ट्स एनपी’ वेबसाइट संचालनमा आएको १ वर्ष पुरा भएको छ।
इभेन्ट सर्च इन्जिनको रुपमा विकास गर्ने उदेश्यले इभेन्ट्स एनपीको सुरुवात भएको एक वर्ष पुरा भएको छ ।
इभेन्टलाई प्रमोसन गर्ने र इभेन्ट बारे विस्तृत जानकारी दिने यो एउटा सहज माध्यम हो ।
इभेन्ट्स एनपीमा इभेन्ट निशूल्क रजिष्ट्रेसन गर्न, म्यासेन्जर च्याट मार्फत जानकारी दिन तथा इभेन्ट अपडेट गर्न सकिने लगायतका विभिन्न सुविधा रहेका छन् ।
आउदो साता देखि यसको थप सुविधा ग्राहकवर्गले सुपुथमूल्यमा उपभोग गर्न पाउने कुरा इभेन्ट्स एनपीको प्यारेन्ट कम्पनी इभाईरा टेकले जानकारी दिएको छ।