jQuery(document).ready(function($){ //
});
चन्द्रकला भट्टराई, कार्यक्रम संयोजक युगनिर्माण महिला समाज नेपाल १ न प्रदेश समिति

देशको वर्तमान अवस्थालाइ हेर्दा साठीलाख भन्दा बढी युवाहरु रोजगारी, अध्ययन लगायतका सिलसिलामा देश बाहिर छन । वि•स• २०६८ सालको जनगणनालाई आधार मान्दा ६५ प्रतिशत नेपाली दाजुभाइ तथा दिदी-बहिनीहरु कृषि क्षेत्रमा निर्भर छन् । नेपालको कुल जनसंख्याको ८६ प्रतिशत जनताहरुको बसोबास ग्रामीण क्षेत्रमा छ भने मासिक पाँचहजार आम्दानी गर्न नसक्ने २५ प्रतिशत नेपाली दाजुभाइ दिदी बहिनीहरु गरिबीको सूचीमा रहेका छन । ग्रामीण भेगमा बस्ने ८६ प्रतिशत जनतामा ६० प्रतिशत भन्दा बढी जनता त वैंकिङ्ग कारोवारबाट बाहिर रहेका छन ।

विदेश गएका युवायुवतीहरुबाट प्राप्त रेमिटेन्स मध्ये ८०/९० प्रतिशत रकम घर खर्चमा उपभोग हुने गरेको पाइन्छ । घर परिवारमा एक जनाले न्यून रुपमा आर्जन गरेको रकमबाट ५/७ जना परिवारको भरण-पोषण गर्नु पर्ने बाध्यात्मक अवस्था छ । प्रत्येक नागरिकमाथि दिनानुदिन आर्थिक भार बढ्दै गइरहेको छ । यस कारणले सामान्य नागरिकले आफ्नो परिवारको जीवन निर्वाह गर्न अत्यन्त कठिनाई आइपरेको छ । वि•स• २०४६ साल भन्दा अगाडि खुलेका र त्यस भन्दा पछि खुलेका कलकारखाना उद्योग-धन्दा, घरेलु र मझौला उद्योगहरु र सबै खालका सिप विकास तालिमहरु बन्द हुँदै गइरहेका छन् । नागरिकलाइ कुनै उद्योग-धन्दामा लगानी गर्ने स्वतन्त्र वातावरणको श्रृजना हुन सकेको छैन । लगानी गरेको सम्पत्तिको सुरक्षाको ग्यारेण्टी गर्ने वातावरण हुन नसक्नु नै नेपाली जनताको जीवनस्तर माथि उठ्नु भन्दा झनझन तल गिर्दै गइरहेको अवस्थालाई मनन गर्न जरुरी छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसले गर्दा भूईंमान्छेहरुको जीवनस्तर झन कष्टकर र असुरक्षित बन्न पुगेको तथ्यलाई विश्लेषण गरिरहनु नपर्ला । यस्तो अवस्था श्रृजना हुनुमा आर्थिक र राजनैतिक प्रणालीको गलत प्रयोग हुनु नै प्रमुख कारण रहेको छ । सत्ता र भत्ताको लोभमा सरकारी निकायबाट पराई श्रोतलाई आधार मानेर प्रयोग गरिएका सिद्धान्त र दर्शनको कारणले नेपालको सबै प्रणालीहरु निकम्मा सावित भइसकेका छन् । राजनीतिक दल र तिनका अगुवा नेता भनाउँदाहरुको असक्षमता, सत्तामोह, पैसाको लोभलालच, विदेशी प्रतिमान प्रतिको आकर्षण, मौलिक प्रतिमानको उपेक्षा, भ्रष्टाचार आदि कुराहरु नै नेपालका सम्पूर्ण गौरवहरुको तहसनहस गर्ने मूल कारणहरु हुन । नेपालमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि आज सम्म जनताले चाहे जस्तो कुनै पनि प्रणाली स्थापित हुन सकेको छैन । आर्थिक विपन्नता मात्र होइन कि धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, शैक्षिक, स्वास्थ प्रणाली आदि सबै क्षेत्रहरु नै राज्य सञ्चालकको कारणले गतिहीन र उपलब्धिहीन अवस्थामा पुगेका छन् । अहिलेको परिवेशमा सामाजिक सहिष्णुता, राज्यको स्वतन्त्र शक्ति, सरकार सञ्चालनमा देखिनु पर्ने सन्तुलन, राष्ट्रिय अखण्डता , कार्यपालिका , न्यायप्रणाली, व्यवस्थापिका, संवैधानिक अङ्गहरु, सुरक्षा निकाय, परराष्ट्रनीति, शिक्षा, स्वास्थ्य , नागरिकता नीति, भाषा, लिपि , संस्कार-संस्कृति संरक्षण, महिला, आदिवासी, जनजाति, शिल्पीसमुदाय , पिछडावर्ग आदि सबै क्षेत्र अपमानित हुनु अति नै दु:खको कुरा हो । यसका साथसाथै महिलावर्ग अझ बढि पिडामा रहेका छन् ।

२००७ साल देखि नेपाली जनताले देखेका सपनाहरु पटक पटक परिवर्तन भएको राज्यप्रणालीले समुचित व्यवस्थापन गर्न सकेन । आज दुई तिहाईको दम्भ बोकेको कम्युनिष्ट सरकारले त झन जनताका चाहना र आवश्यकतालाई सम्बोधन गर्नु त परको कुरा भयो, आफैं भित्रको मारामार, एकले अर्को पक्षमाथिको आरोप-प्रत्यारोपमै सरकारको कार्यअवधि सकिदै गइरहेको छ । यी समष्टिगत विषयलाई लिएर परिवर्तनका लागि युगद्रष्टा डा• निर्मलमणि अधिकारी एवम् गुरुआमा उर्मिला अधिकारीबाट लिएको सङ्कल्प बमोजिम स्थापित जरोकिलो महाअभियानको विशिष्टीकृत संस्था “युगनिर्माण महिला समाज नेपालको” माध्यमबाट नेपाली दिदी-बहिनीहरुको बिचमा केही आशा, आत्मविश्वास र आत्मियताको विजारोपण गर्न हामी अगाडि बढिरहेका छौ। नेपालको सर्वाङ्गिण विकासको लागि महिला ( नारी) दिदी बहिनिहरुको विकास सर्वप्रथम अनिवार्य छ ।

हरेक घर परिवारका सन्ततिहरुको पहिलो पाठशाला नारी अथवा आमा नै हुन । जबसम्म महिला सक्षम हुदैनन् तबसम्म घरपरिवार सक्षम, शिक्षित र संस्कारित बन्न सक्दैन ।त्यसर्थ यहाँ मलाइ के लाग्छ भने महिला वर्गमा क्षमता अभिवृद्धि गर्नका लागि स्थानीयतालाई दृष्टिगत गर्दै विभिन्न प्रकारका र सबैको पहुँच पुग्ने आयमुलक, चेतना मुलक, व्यक्तित्व विकास, सीप तालिम आदिको व्यवस्थापन गरि , रोजगारीको अवसर श्रृजना गर्दै आर्थिक रूपमा सवल एवम् आत्मनिर्भर बनाउन सकेमात्र महिलाहिंसा, घरेलुहिंसा आदिमा न्युनिकरण ल्याउन सकिनेछ । यसैमा ध्यान केन्द्रित गर्दै युगनिर्माण महिला समाज नेपालले अर्गानिक कपुर धूप तालिम , स्यानिटाइजर ( घरेलु प्याड) प्याड बनाउने तालिम, सिलाइ-बुनाइ तालिम आदि जस्ता कार्य अगाडि बढाइएको ब्यहोरा सहर्ष जानकारी गराउन चाह्न्छु । यसका अतिरिक्त नेपाली महिलाईहरुलाई अनुसन्धान, उद्यमशीलता, रोजगारी र व्यक्तित्व विकासका माध्यमबाट राज्यका हरेक तहमा अग्रणी बनाउने लक्ष्य लिएर युगनिर्माण महिला समाज नेपाल कर्मरत रहेको छ ।

जहाँ देशका नागरिकले आफ्नो श्रम बेच्ने ठाउँ पाउदैनन्, जहाँ श्रमको सम्मान हुदैन त्यस्तो राज्य अग्रणी हुन सक्दैन भन्ने तथ्यमा हामी विश्वस्त छौं । त्यसैले नेपाललाई हरेक दृष्टिकोणबाट अग्रणी बनाउन हामी जरोकिलोको अवधारणाबाट अघि बढिरहेका छौं । प्रत्येक दिदीबहिनीहरुलाई हार्दिकता पूर्वक आह्वान गर्न चाहान्छु कि जरोकिलो परिवारभित्र रहेर आफू र आफ्नो परिवारका साथै राज्यलाई पनि ठूलो टेवा पुर्‍याउन सकिन्छ । तपाईंहरु पनि जरोकिलो परिवारको युगनिर्माण महिला समाज नेपालमा रहेर उद्यमी बन्न सक्नु हुनेछ । राष्ट्रोदयको महाअभियानले तपाईंलाई पनि पर्खिरहेछ ।

अघि बढौं यो युग हाम्रो हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय