सिरहाको मिर्चैयामा गोली चलेको छ । अज्ञात समूहले एकजना पुरुषमाथि गोली प्रहार गरेको छ । मिर्चैया नगरपालिका ५ स्थित स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो । अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ । अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा लागेको र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जनाए । घाइते साफीको मिर्चैयामा उपचार भइरहेको छ । गोली चलाउने समूहको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
ताजा समाचार
लोकप्रिय
© 2024: दमक अनलाईनमा सर्वाधिकार सुरक्षित छ. | विज्ञापन | सम्पर्क | हाम्रो बारेमा | लोक सेवा बिज्ञापन
Developed by: Damakonline