jQuery(document).ready(function($){ //
});

देशभरी अहिले गर्मी ह्वात्तै बढेको छ । कोरोना माहामारीको डर त छ नै सँगसँगै गर्मी मौसम सुरु भएपछि अन्य प्रकारका रोगहरु लाग्ने डर पनि उत्तिकै छ ।

गर्मी मौसममा झाडापखाला, बान्ता, पेट दुख्ने र फुड प्वाइजनिङ हुने क्रम बढ्दो हुन्छ । गर्मी मौसममा हामीले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ किनभने गर्मी मौसममा जाडोको तुलनामा रोगको प्रकोप वा विभिन्न प्रकारका समस्याहरु देखिने सम्भावना धेरै हुन्छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विशेषगरी पाचन प्रक्रियामा आउने समस्याहरुको साथै विभिन्न प्रकारका भाईरसबाट हुने समस्याहरु, त्यस्तै लामखुट्टे लगायतका विभिन्न प्रकारका किराहरुको टोकाईबाट हुने संक्रमण आदि गर्मी मौसममा देखिने प्रमुख स्वास्थ्य समस्या हुन् ।

त्यसैले गर्मी मौसममा देखापर्ने स्वास्थ्य समस्याबाट बच्नको लागि पहिले देखि नै होसियारी अपनाउनुपर्छ ।

गर्मी मौसममा हुने रोगको सङ्क्रमणबाट बच्न के गर्ने त ? यस्ता छन् उपायः

१. धेरै मात्रामा पानी पिउने

धेरैजसो मानिसहरुको पानी कम पिउने बानी रहेको पाईन्छ । तर, प्रसस्त मात्रामा पानी पिएमा मात्रै पनि गर्मी मौसममा विभिन्न रोगको सङ्क्रमण हुने सम्भावना ९० प्रतिशत भन्दा कम हुने चिकित्सकहरु बताउँछन् ।

प्रसस्त मात्रामा पानी पिउँदा पाचन प्रक्रियामा पनि सहयोग पुग्छ ।

२. फाइबर युक्त खानेकुरा खाने

अन्न, तरकारी, फलफूल आदि पदार्थहरुमा प्रसस्त मात्रामा फाइबर पाईन्छ ।

तर, हाम्रो समाजमा धेरैले गर्मी मौसममा यस्तो खानेकुरा खाएमा कब्जियत हुन्छ भन्ने धारणा राख्छन् ।

जसकारण मानव शरीरमा फाइबरको मात्रामा कमी भई विभिन्न प्रकारका समस्याहरु हुने गर्छ त्यसैले फाइबरयुक्त खानेकुरा खानुपर्छ ।

३. व्यायाम गर्ने

दैनिक रुपमा शरीरबाट पसिना निकाल्न अत्यन्त जरुरी हुन्छ । जसको मद्दतले हाम्रो शरीरमा रहेका विषाक्त पदार्थहरु निकाल्न सहयोग पुग्छ । साथै पाचन प्रक्रियामा पनि सहयोग पुग्छ ।

४. घामबाट टाढा रहने

गर्मी मौसममा चर्को घाम हुने भएकाले लामो समय घाममा हिँड्नु हुँदैन । घाममा धेरै समय हिँड्दा वा काम गर्दा घामको कारणले विभिन्न प्रकारका समस्याहरु आउने गर्छन् ।

यदि घाममा हिँड्नै पर्यो भने पनि छाता ओढेर हिँड्नुपर्छ । बाहिर निस्कदा गमौसमभर सकेसम्म सुतिको हलुका र खुल्ला प्रकारका कपडाहरु लगाउन पर्छ ।

५. किराहरुको टोकाईबाट बच्ने

गर्मी मौसममा लामखुट्टे लगायत विभिन्न प्रकारका किराहरुले टोक्ने सम्भावना बढ्छ जसले रोगहरु निम्त्याउन सक्छ ।

त्यस्ता प्रकारको किराहरुको सङ्क्रमणबाट बच्न झुलभित्र सुत्ने वा अन्य कुनै प्रकारको उपायहरु अपनाउनु पर्दछ ।

६. समय समयमा स्वास्थ्य परिक्षण गर्ने

कतिपय अवस्थामा हाम्रो शरीरमा हुने विभिन्न प्रकारको लक्षणहरुलाई सामान्य भनी हामीले सामान्य भनि नजरअन्दाज गरिदिन्छौं तर पछि गम्भिर प्रकारको समस्या देखिन सक्छ ।

त्यसैले समस्या आउन भन्दा पहिले नै सतर्कता अपनाउँदै समय समयमा आफ्नो स्वास्थ्य परिक्षण गरिरहन पर्दछ ।

गर्मी महिनामा जन्डिस, टाइफाइड, झाडाबान्ता, फुडप्वाइजनिङ जस्ता समस्याहरु पनि देखापर्न सक्छन् । त्यसकारण त्यस्ता समस्याहरुकाट बच्न खानपानमा ध्यान दिनुपर्छ ।

घरबाहिर खाना खाने अवस्था आएमा खानेकुरा स्वास्थ्यकर छ कि छैन् राम्रोसँग बुझेर मात्र खानुपर्दछ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय