
।। किशोर निरौला ।। मोरङ्ग ।।
मधुमल्ला । मोरङको मिक्लजुङ गाउँपालिकाले संञ्चालन गरे कोभिड अस्पतालका लागि झापा दमकमा रहेको शरणार्थी शिबिर बेलडाँगी मार्फत मिक्लाजुङ गाउँपालिकाले संञ्चालन गरेको कोभिड अस्पतलका लागि अति आवस्यकीय स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएका सामग्रीहरुमा ठुलो अक्सीजन सिलीण्डर ५ थान, बेड सिट ३० थान,१० लिटर सेनीटाइजर, सर्जीकल माक्स १००० थान, के एन ९५ माक्स २० थान र अक्सोमिटर १ थान रहेको छ ।
आइतबार शरणार्थी शिबिर बेलडाँगीका प्रमुख सुरेन्द्र राजदाहालले मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थिए ।
यो माहाँमारीको समयमा एकआपसमा समन्वय गर्दै कोभिड १९को माहाँमारीलाई जित्न, शिविर बासि सरणाथीहरुलाई समेत उपचारमा सहयोग रहने गरी स्वास्थ्य सामग्री उपलब्ध गारएको शिवीर प्रमुख दाहालले बताए । साथै आगमी दिनमा समेत यस प्रकारको सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको दाहालले बताए । स्वास्थ्य सामग्री बुझ्दै मिक्लाजुङ गाउँपालीकलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा अध्यक्ष देवी प्रसाद आचार्यले खुःसी व्यक्त गरे । स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यालयलाई आचार्यले धन्यवाद ज्ञापन गरे ।
