
।। किशोर निरौला ।। मोरङ्ग ।।
बेवारिसे अवस्थामा भेटिएकोे ३९ कार्टुन निलो रेडबुल इलाका प्रहरी कार्यालय बुद्धशान्तिले मेची भन्सार कार्यालय काँकरभिट्टालाई बुझाएको छ ।
गस्तीमा खटिएका प्रहरीको टोलीले बुद्धशान्ति ३ स्थित नमुना सामुदायिक बन छेउमा फेला परेको उक्त रेडबुल भन्सारलाई बुझाएको हो ।
कस्ले र किन त्यहाँ रेडबुल राख्यो भन्ने विषयमा छानबिन भइरहेको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका इन्चार्ज निराजन कटुवालले जानकारी दिएका छन् । फेला परेको उक्त रेडबुल १,८७,२०० बराबरको रहेको बताईएकाे छ ।
पछिल्लो समय लागु औषध कारोबारी, काठ तस्कर तथा अन्य विभिन्न अराजक व्यक्तिहरुलाई पक्रउ गर्न इलाका प्रहरी बुधबारे निक्कै सक्रिय रहेको छ ।