jQuery(document).ready(function($){ //
});

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी बचाउन जरूरी भएको बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जालमार्फत पार्टी बचाउनको लागि गम्भीर रूपमा छलफल गर्नुपर्ने र साझा निष्कर्षका साथ अभियानमार्फत् एकता बचाउन जरूरी रहेको बताउनुभएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर-राजेन्द्र महतोसँग साझेदारी गर्न तयार हुनु तथा खनाल र नेपाल ओलीसँगभन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग गठबन्धन गर्न तयार हुनु नै पार्टी एकताको मुख्य जड भएको उल्लेख गर्नुभएको छ ।

नेता भट्टराईले एमाले एकताको लागि समस्याको मुल जड यहिँ भएको ठहर गर्नुभएको छ । कसले, किन र के का लागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिँ छ,’ उहाँले भन्नुभएको छ, ‘यस विषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत् एमालेको एकता बचाउन जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय