
।। भोजराज घिमिरे ।। मोरङ्ग ।।
औषधी ताक्करि गर्ने भारतिय नगरिक लाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीले भारतीय दिनेश महतोलाइ तस्करीको औषधी सहित पक्राउ गरेको हो।
महतोले तस्करीको औषधी भाडाको घर मा राख्ने गरेको खुलेको छ । भारत देखि ल्याएर तस्करीको औषधी विराटनगर महानगरपालिका वाडा न ९ स्थित ट्राफिक चोकमा अशोक भट्टराईको घर कोठा भाडामालिई भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी विभिन्न औषधी तथा खाध्य प्रोडक्स सामाग्रीहरु राख्ने गरेको अनुसन्धानदेखि खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
प्रहरीले महतोको कोठादेखि सिफी–प्रो ५० पत्ता, क्विन्स–१६९ थानसहित विभिन्न खाद्य प्रोडक्सहरू बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।