
।। भोजराज घिमिरे ।। मोरङ्ग ।।
आज बसेको जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समिति लेब बैठक बसि जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै एक साता को समय थप गरेको छ । एक सातापछि प्रोटोकल बनाएर निषेधाज्ञा खुकुलो बनाइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
यसअघि जारी भएको निषेधाज्ञा असार १ गते सकिँदैछ । अबको निषेधाज्ञामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरु विहान ५ बजेदेखि बिहान ११ बजेसम्म संचालन गर्न पाइनेछ । यस्तै अब वर्कसपहरु विहानैदेनि संचालन गर्न सकिने छ ।
सरकारी कर्मचारीहरुले कार्यालय आउन र कार्यालय समय पश्चात घर फर्किन आ–आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्ने छन् भने दूध तथा दूधजन्य पदार्थ विक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्ने पाइने छ ।