
राजकुमार दहाल, सचिव, मौलिक जरोकिलो पार्टी, १ न प्रदेश समिति
निष्पक्ष रूपमा नियाल्दा राष्ट्रराज्य मान्ने सबै पार्टीहरु सिद्धान्त र दर्शनको आधारमा एकै टोकरीका कुहिएका पातहरु हुन् । नाम र सङ्गठनमा फरक देखिए पनि प्रारूप र सार , विचार र दर्शन, स्वार्थ र प्रणालीमा एकै ड्याङ्गका मुला हुन् । ती सबै दलहरुमा राष्ट्रराज्यको अवधारणा भन्दा पृथक अर्को ज्ञान नै छैन ।
अर्को पार्टी हो, राज्यराष्ट्र सिद्धान्त र सहृदयता दर्शनलाई मार्गनिर्देशक मानेर स्थापित भएको मौलिक जरोकिलो पार्टी । यो नै अहिले सम्मको एकमात्र मूलधारको पार्टी हो । उत्पत्ति अर्थात जरो, निर्णायक क्षमता अर्थात किलो र सैद्धान्तिक र दार्शनिक आधार नेपालमै भएको एकमात्र पार्टी खोज्ने हो भने त्यो मौलिक जरोकिलो पार्टी बाहेक अर्को कुनै छैन । त्यसकारण वैचारिक, सैद्धान्तिक र दार्शनिक तवरले हेर्दा नेपालमा दुईवटा मात्र पार्टी छन् ।
करिव १६० वटा भन्दा धेरै पार्टीहरू निर्वाचन आयोगमा दर्ता होलान् । अझै कति त दर्ता हुने क्रममा नै होलान् । यी दर्ता भएका मध्ये पनि कति दलको एजेण्डा ( अवधारणा ) एकै भएको हुँदा कहिले मिल्ने र स्वार्थ बाझिदा कहिले फुट्ने यिनीहरुको चरित्र बनिसकेको छ । एउटै दलभित्र कहिले चार-पाँचवटा अध्यक्ष राखेर एकै कार्यालयमा सञ्चालन गर्ने गरेको पनि देखिन्छ किन भने सबैको सिद्धान्त राष्ट्रराज्य नै हो अनि विदेशी प्रतिमान नै हो । पुँजीवाद भने पनि , समाजवाद भने पनि , उदारवाद भने पनि साम्यवादी भने पनि , वैकल्पिक भने पनि यिनीहरूको शरीर अलग र घाँटी एउटै छ । त्यसैले चुनावमा भाग लिदा पनि कम्युनिस्ट भन्नेहरूले कहि राप्रपा लाई मत दिई रहेका हुन्छ , कहिले नेका, फोरम , माओवादीलाई सघाउंदै हुन्छन् भने त्यसै गरि कतै नेका माओबादीसंग मिल्यो कतै अर्कैसंग मिल्यो । यिनीहरू नेपाली जनतालाई भ्रमित पार्न वैचारिक र बनावटी जाल फ्याँकि रहन्छन् । यिनीहरूको कुनै नैतिक धरातल छैन, दुरदृष्टी छैन , कुनै योजना र लक्ष्य छैन । सत्ताप्रप्ति मात्र यिनीहरूको लक्ष्य हो त्यसैले सत्ताप्राप्तिका लागि कहिले मिल्छन् कहिले छुट्टिन्छन् । यी सबै कपुतन्त्रे पार्टीको विचार एउटै हो, सिद्धान्त एकै हो , दर्शन एकै हो , स्रोत एकै हो निर्णय गर्ने अधिकार सबै अरुसँगै छ । त्यही भएर अहिले नेपालमा दुईवटा पार्टीमात्र छन् । कहिलेकही भाग नमिल्दा , सत्तास्वार्थ नमिल्दा फरक बोल्ने देखिएको मात्र हो । भ्रष्टाचार , सिमा समस्या , नागरिकका समस्याहरूको सम्बोधनका बिषयमा राष्ट्रराज्य सिद्धान्तमा आस्था राख्ने कुनै पनि दल बोल्दैनन् ।
कपुतन्त्रे पार्टी भनाउँदाहरुको उत्पत्ति ( जरो ) र निर्णय गर्न सक्ने क्षमता ( किलो ) सबै बाहिर नै छ । उनीहरूको उत्तरदायित्व नेपाली जनताहरु प्रति भन्दा पनि विदेशी प्रभूहरू पट्टि छ ।
नेपाली जनता प्रति उत्तरदायित्व वहन गर्दै नेपालको राष्ट्रिय चरित्र सहित अहिले मौलिक जरोकिलो पार्टी राजनीतिको मूलधारमा खडा भएको छ । युगद्रष्टा गुरुदेव डा• निर्मलमणि अधिकारीज्यूबाट अभिनिर्मित सहृदयता दर्शन र राज्यराष्ट्र सिद्धान्तलाई आत्मसात गर्दै निर्वाचन आयोगमा वि•सं• २०७६ श्रावण २८ गते दर्ता भएको मौलिक जरोकिलो पार्टी नै अहिले सत्तामा नभए पनि जनताको साथमा रहेर हरेक राष्ट्रिय समस्याहरूको निदानका लागि मूल भूमिकामा रहेको छ ।
राजनीतिक पार्टी खोल्नु र व्यानर भिन्न भिन्न बनाउनु ठूलो कुरा होइन । महत्वपूर्ण कुरा त्यो हो कि कुनै पनि पार्टीले अंगीकार गरेको दार्शनिक, सैद्धान्तिक विचार र त्यसको श्रोत , पात्र, पात्रता , प्रणाली, लक्ष्य , उद्देश्यका साथै त्यसको जरो र किलो कहाँ हो भन्ने प्रमुख कुरा महत्वपूर्ण हुन्छ । यसो हेर्दा मौलिक जरोकिलो पार्टी बाहेकका अन्य सबै पार्टीहरूको सैद्धान्तिक आधार पराई प्रतिमानमा आधारित पाइन्छ ।
यसै कारणले नेपालमा रहेका दलहरू मध्ये मूलधारको पार्टी मौलिक जरोकिलो पार्टी मात्र हो भन्ने आमनागरिकको धारणा बढ्दै गएको छ । आशा, आत्मविश्वास र आत्मीयताको संवाहक भनेको राज्यराष्ट्र सिद्धान्तलाई आदर्श मानेर हिडेको मौलिक जरोकिलो पार्टीले मौलिकतावादीहरूको प्रतिनिधित्व गर्छ भने पराई श्रोतका सिद्धान्तलाई आदर्श मानेर हिड्ने राष्ट्रराज्यवादीहरूको प्रतिनिधित्व अन्य दलहरूले गर्दछन ।
त्यसैले नामको आधारमा नझुक्किनु हुन म सबै नेपालीजनलाई अनुरोध गर्न चाहन्छु । आफ्नो मनलाई प्रश्न गर्नुहोस् तपाईं राज्यराष्ट्र समर्थक कि राष्ट्रराज्य समर्थक ?
अघि बढौं यो युग हाम्रो हो ।