jQuery(document).ready(function($){ //
});

सात वटै प्रदेशहरुले आज बजेट ल्याउँदै छ। असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलबीच प्रदेश सरकारहरुले बजेट निर्माणको काम सकाएका छन्।

धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन्। आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन असमर्थ हुने सम्भावना छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि कोरोना महामारीलाई केन्द्रित गरेर करिब साढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश २ ले यही वर्षको हाराहारीमा ३३ अर्ब आसपासको बजेट ल्याँउदैछ।

बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। चार दिन अघिमात्रै सत्ता फेरिएको गण्डकी प्रदेशमा ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ।

लुम्बिनी प्रदेश सरकारले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ। कर्णाली प्रदेश र सुदुपश्चिम प्रदेशले करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउने बताइएको छ। 

त्यस्तै प्रदेश नम्बर १ मा आज अपरान्ह ३ बजे प्रदेश सभा बैठक बस्दै छ। प्रदेश नम्बर २ मा भने अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। 

बागमती प्रदेशमा अपरान्ह ३ बजे बस्ने प्रदेश सभा बैठक बस्दै छ। लुम्बिनीमा भने अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठक बस्दै छ। त्यस्तै कर्णालीमा दिउँसो १ बजे र सुदूरपश्चिम प्रदेशमा अपरान्ह ४ बजे प्रदेश सभा बैठक बोलाइएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय