
।। भोजराज घिमिरे ।।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी असारदेखि प्रदेशहरुमा आर्थिक पत्रकारिता तालिमको आयोजना गर्न लागेको छ । नेपाल संघीयता गएर आर्थिक क्षेत्रका अधिकारहरु समेत प्रदेश र स्थानीय सरकारको हस्तान्तरण भैसकेको अवस्थामा प्रदेशहरुमा समेत आर्थिक क्षेत्रलाई विटको रुपमा स्थापित गराउने उद्देश्यले अर्थ मन्त्रालयको सहयोगमा यो तालिम आयोजना गर्न लागेको हो ।
प्रत्येक प्रदेशका राजधानीका लागि केन्द्रित गरी तालिम आयोजना गर्न लागेकाले ती प्रदेश राजधानीका सबै मिडियाबाट तालिमका प्रतिनीधित्व गर्ने गरी छनोट प्रकृया अघि बढीसकेको छ । भर्चुयल रुपमा आयोजना गर्ने भएकाले तालिममा प्रदेश राजधानीका अलावा आर्थिक पत्रकारिता गर्न इच्छुकहरुको लागि सम्बन्धित प्रदेशको तालिममा सहभागी गराउन लागेका छौ । यदि तपाईहरु हाल पत्रकारिता गरिरहनुभएको छ र आर्थिक पत्रकारिता तालिम लिन इच्छुक हुनुहुन्छ भने निम्न मितिमा हुने प्रदेशहरुको तालिममा निम्न इमेल वा मोबाइल नम्बरमा आफ्नो नाम, मिडियाको नाम, मोबाइल नम्बर र इमेल पठाईदिनु हुन र तालिममा सहभागी हुन हार्दिक अनुरोध गर्दछौ ।
बाग्मती प्रदेश–२०७८ साल असार ३ गते (९८४१८६२७२२)
गण्डकी प्रदेश–२०७८ साल असार ४ गते (९८४१८६२७२२)
लुम्बिनी प्रदेश–२०७८ साल असार ५ गते (९८४१३४१७०४)
कर्णाली प्रदेश–२०७८ साल असार ६ गते (९८४१३२९५२९)
प्रदेश १–२०७८ साल असार ७ गते (९८५११९८६४७)
प्रदेश २–२०७८ साल असार ८ गते (९८४९९०३६०४)
सुदुरपश्चिम प्रदेश–२०७८ साल असार ९ गते (९८५१०४९४९६)
नेपाल आर्थिक पत्रकार समाज (सेजन)
इमेलः nepal.sejon@gmail.com, journalistbhim@gmail.com
(थप जानकारी तथा सन्देशका लागि ९८५१०३७७६२, ९८४१०९३२५०)