
हिजो मिति २०८८/०३/०१ मा अन्तर्राष्ट्रिय झापाली समाज, हङकङका आदरणीय अध्यक्ष श्री छत्र सुब्बाज्यूको सहयोगमा झापाली समाजद्वारा विपन्न वर्गलाई लक्षित गरी राहत वितरण कार्यक्रम संपन्न गरिएको छ।

झापाली समाजले ६० विपन्न परिवारलाई राहत वितरण गरेको थियो। प्रत्येक परिवारलाई १ बोरा चामल , तेल , चिउरा, दाल , सोयाबिन आदि खाद्य सामग्री उपलब्ध गराइएको थियो। कार्यक्रम मेगराज गौतमको अगुवाईमा समापन भएको थियो। साथै कार्यक्रमको सहजिकरण गर्न स्थानिय सर तेज प्रसाद तिवारी , शिब नेपाल एबम युवा समूहले पनि ठूलो योगदान दिनुभएको छ।
विपद्को समयमा झापाली समाजले गरेको पवित्र कर्मको चौतर्फी प्रशंसा तथा सराहना भई रहेको छ ।