
दमक।। युथ फर ब्लडले रगत सहजिकरण र युवा सशक्तिकरणका क्षेत्रमा बिगत लामो समयदेखि निरन्तर कार्य गर्दै आएको कुरा सबै समक्ष बिदितै छ।
तर योपटक युथ फर ब्लड फरक एवं पृथक कार्यक्रम सहित तपाईहरु समक्ष उपस्थित भएको छ।
सम्पूर्ण युवा फोटोग्राफी मनहरुलाई एउटै मालामा गाँसी समाजका कथाहरुलाई तस्बिरमार्फत प्रस्फुटन गर्ने उद्देश्य सहित नयाँ स्रस्टालाई प्रोत्शाहन गर्ने हेतुले यस यूथ फर ब्लड झापाले यो पटक कोरोना महामारीको जोखिम अनि यसले निम्त्याएको तनाबग्रस्त अवस्थालाई चिर्दै सबै सामु खुल्ला फ़ोटोग्राफ़ी प्रतियोगितालाई लिएर आएको छ।

उक्त प्रतियोगितमा समाजमा कोरोना र निषेधाज्ञका कारण देखिएका कथाहरुलाई तस्बिरसंगै शब्दहरुमा उतारी राष्ट्रिय साथै अन्तराष्ट्रिय स्तरमा रहनु हुने सम्पूर्ण फोटोग्राफीप्रेमी मनहरुले तलका नियमहरुको पालना गर्दै आफ्नो गरिमामय सहभागिता जनाउनु हुनेछ भन्ने अपेक्षा युथ फर ब्लडको रहेको छ।
