इन्द्र प्रसाद ओली, १ नं प्रदेश अध्यक्ष, मौलिक जरोकिलो पार्टी
कपुतन्त्र भन्नाले कम्युनिष्ट र पुँजीवादीहरूको नराम्रा-नराम्रा कुरा लिएर बनेको विषाक्त घोल हो । यो नेपाल र नेपाली प्रति उत्तरदायी हुदैन । यसले आफ्नो देशको मौलिकता, गौरव, विशेषता, सभ्यता संस्कृति आदि कुराहरूलाई विनास गर्न संधै उद्दत रहन्छ ।
कपुतन्त्रको अन्त्य किन जरूरी छ ??
(१) कपुतन्त्रहरु गान्धीवाद , माओवाद र मार्क्सवादको कुरा त गर्छन तर यसको प्रयोग आफ्नो स्वार्थसाधनाका निमित्त मात्र गर्दछन ।
(२) कपुतन्त्रहरु जनतालाई सरकारको आलोचना गर्ने अधिकार दिदैनन् । चाहे गिरिजाको शासन होस् वा वर्तमान केपीको शासन होस् यिनीहरूको शैली नै प्रमाणको रुपमा काफी छ ।
(३) कपुतन्त्रे शासन भएको देशमा पनि धनी र गरीवको भेदभाव मेटिएको छैन र कम्युनिष्ट वा पुँजीवादी पार्टी र नेताहरु ठूला ठूला महलमा बस्छन । आफूलाई सुविधभोगी बनाउछन । साधारण जनताको तुलनामा कैयौं गुणा बढ्ता आम्दनी पाउँछन र मोजमज्जा, सुखसयल र सौखिन जिन्दगी बिताउनेमा कम्युनिष्ट र पुँजीवादी नेता नै हुन्छन् ।
(४) कपुतन्त्रहरु जग्गा-जमिन नहुने किसानहरूलाई जग्गा बाँड्छौ भन्ने प्रचार त गर्दछन् तर यो झुट्टो हो, किन भने कपुतन्त्रशासन भएको कुनै पनि देशमा किसानहरूलाई जग्गा बाँडिएको छैन । तर उनीहरुलाई सरकारी जमिनमा श्रम गर्न बाध्य बनाउँछन् ।
(५) कपुतन्त्रहरु पटक्कै धर्म मान्दैनन् । धर्म माने झैं गरि भ्रमित बनाइ धर्म-संस्कृतिलाई जरै देखि उखेलेर फाल्नेमा तल्लिन हुन्छ्न् । संसारका सबै कम्युनिष्ट वा पुँजीवादी भनाउँदाहरु पूर्विय दर्शन र सभ्यताका पूर्ण विरोधी हुन । कम्युनिष्ट पुँजीवादीहरुले कहिले पनि चर्च , मस्जिद भत्काउन जादैनन् तर यिनीहरु हिन्दु, बौद्ध, जैन, किरात, बोन लगायत मौलिक धर्म, संस्कार, संकृतिका आस्थाका केन्द्र मठ , मन्दिर, गुम्बा, चैत्य, गुरुद्वारे आदि भत्काउनु नै क्रान्ति हो , समाजवाद हो, प्रजातन्त्र हो, विकास हो , परिवर्तन हो भन्ने मानसिकताबाट ग्रसित हुन्छन् । ( उदाहरणको रूपमा नेपालमा आज सम्म कपुतन्त्रहरूले गरेका दुष्कर्महरू हेरे पुग्छ ।)
(६) कपुतन्त्रे शासनमा शिक्षामा समानताको भ्रम छरिन्छ तर वास्तविकतामा अत्यन्त ठूलो विभेदको श्रृजना गरिएको हुन्छ ।
त्यसै गरि यिनीहरु मौलिक संस्कृति, भाषा, परम्परा, धर्म, रितिरिवाज हिन्दु, वौद्ध, किरात, जैन, शिख,बोन, प्रकृतिपूजकलाई लाञ्छना लगाउँदै
आस्थाहीन , धर्महीन , नैतिकता र आचरणहीन बनाउन संधै क्रियाशील रहन्छन् ।
(७) कपुतन्त्रहरु किसान, मजदुरहरुलाई अग्रणी बनाउन, आर्थिक सबल बनाउन, आफ्नो घर जोडिदिन चाहदैनन् बरु सरकारी जमिनमा घर बनाइ दिए झैं गरि त्यही सरकारी घरमा बस्न वाध्य बनाइ सत्तामा जाने भर्याङ्गको रुपमा तिनीहरुको मत लाई प्रयोग गर्दछन् । उनीहरुलाई भ्रमित बनाइ आश्वसन देखाइ पुस्तौं-पुस्तासम्म तड्पाइ रहन्छन् ।
( ८) कपुतन्त्र शासनमा नागरिकहरुलाई स्वतन्त्र र आफ्नो इच्छानुसारको पेशा अपनाउने अधिकार हुँदैन । व्यक्तिले तोकेको काम गर्नु पर्छ । यिनीहरु देशको भेषभुषालाई लत्याउँछन् ।धर्मको कुरामा सनातन धर्मको मात्र शास्त्रहीन, तथ्यहीन दुस्प्रचार गर्दछन् बाकी अरुको ज्याजतीको वास्ता गर्दैनन् । यी तानाशाही प्रबृतिका हुन्छ्न ।
(९) कपुतन्त्रका सत्तासिन नेता र सदस्य आफूलाई जनता भन्दा एकदमै अलग ठान्छन र उनीहरु घमण्डले उन्मत्त भएका हुन्छन ।
(१०) कपुतन्त्र पार्टी भित्र पनि बढी मात्रामा तानाशाही प्रवृत्ति हुन्छ । आफ्ना समकक्षी वा कार्यकर्ता भनाउँदाहरुले नेताको आलोचना अथवा बिरोध गर्न पाउदैनन् ।
(११) कपुतन्त्रहरु सत्तालिप्त मात्र हुन्छन, जब सम्म आर्यघाटमा पुग्दैनन, वा सत्ताबाट जनताले फाल्न सक्दैनन तवसम्म यिनीहरु आफू भन्दा दोस्रो पिडिलाई नेतृत्त्व दिदैनन् ।
(१२) कपुतन्त्रहरु आत्मालोचना गर्नु भन्दा बढी एक पछि अर्को घटना गर्न तयार हुन्छन् ।
(१३) कपुतन्त्रहरु उद्योगी व्यवसायीलाई माग्ने भाँडो बनाउँछन् र स्वार्थपूर्ति गरेपछि सामान्तीको सँज्ञाा दिँदै कामदार मजदुरमाथि राजनीति गर्दछ्न् । उद्योग मालिकलाई जहिले पनि विरोधीको रुपमा लिन्छन्।
(१४)कपुतन्त्रहरु शिक्षालाइ बढी दोहन गर्न माहिर हुन्छन् । शिक्षक र विद्यार्थीलाई आफ्नो कार्यकर्ता बनाउँछन् तर काम लिएर सत्तामा पुगेपछि सबै भन्दा बढी प्रहार शिक्षालाई गर्दछन् किनकी कपुतन्त्रहरु शिक्षा विरोधी हुन्छन । यिनीहरू कहिले पनि शिक्षापेशा वा विद्यार्थी तथा शिक्षाको गुणस्तरलाई माथि उकास्न चाहँदैनन् । भरसक शिक्षकलाई आफ्नो पार्टीको कार्यकर्ता बनाउने, विभिन्न भातृ-संगठनको नाममा शिक्षकलाई आफ्नो मातहतको कार्यकर्ता बनाउँदै बिल्ला भिराएर उसको जीवन बर्वाद बनाउँछन् ।शिक्षकलाई संगठित हुन दिदैनन्, कित्ताकाटमा राख्छन् ।
(१५) कपुतन्त्रहरु सरकारी वा नीजि सेवा अथवा सेना प्रहरीदेखि न्यायाधिवक्ता ,न्यायाधीशसम्म लाई पनि राजनीति अंकुशमा बाँध्ने गर्दछन् त्यसैले जनताले न्याय पाउन सक्दैनन्। ती अङ्गहरु स्वतन्त्ररुपमा काम गर्न पाउदैनन् ।
(१६) कपुतन्त्रमा पत्रकारहरुलाई खण्डित गरि विभिन्न दलका भातृ-संगठनमा आवद्ध गराउँछन ।ती पत्रकार संधै आफ्नो गुणगान र मिडियामा आफुलाइ उभ्याउने कार्य गर्दछन । यिनीहरुले स्वतन्त्र पत्रकारीताको कुरा गर्छन् तर यी सबै कुनै दलका मुखपत्र मात्र हुन्छन् ।
(१७) कपुतन्त्रहरु कुनै पनि कुरामा आफ्नो विवेक प्रयोग गर्न जान्दैनन् । अरूको फोटोकपीलाई दर्शन, सिद्धान्त मान्छन् । उसैको सल्लाहमा गोटी भएर सत्ता सञ्चालन गर्दछन ( जस्तै नेका दिल्ली , कम्युनिष्ट कलकत्ता चाइना आदि )
(१८) कपुतन्त्रहरु स्वास्थ्य शिक्षामा जनताको पहुँच पुर्याउन चाहदैनन् ।
(१९) किसानका कुरा गर्दछन् तर काम गर्दैनन् । नागरिक सबल हुँदा, आर्थिक रूपमा आत्मानिर्भर भए भने हामीलाई टेर्दैनन् र भ्रममा राख्न सकिन्न भन्नेमा चिन्तित हुन्छन ।
(२०) कपुतन्त्रहरु संवैधानिक निकायलाइ निकम्मा बनाइ राजनीतिलाई भर्तीकेन्द्रमा सिमित राख्दछन् ।
कपुतन्त्रको समुल अन्त्य गरौं ।






