jQuery(document).ready(function($){ //
});

।। भोजराज घिमिरे ।।

पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ वटा ढोका खुल्ला गरिएको छ । मंगलबार विहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशीको १२ ढोका खुल्ला गरिएको हो ।
अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् । उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छन् ।’

RAWA Hills Town Property

RAWA Hills Town Property

सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

अवस्था हेरेर अरु ढोका खोल्ने बारे निर्णय लिइने सुनसरी प्रशासनले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले पहाडी क्षेत्रमा जारी निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेकाले उच्च सतर्कता अपनाइएको जानकारी दिए ।

आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जानलाई आग्रह गरिएको छ । नदी आसपासमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थापाले बताए । बाढीबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण र उद्धारका लागि नेपाल प्रहरीसहितका सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जानकारी उनले दिएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय