
।। भोजराज घिमिरे ।।
उदयपुर / अटोमेटिक पेस्तोल र गोलीसहित एक जना उदयपुर को त्रियुगा नगारपालिका मा पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका वाड ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरी अटोमेटिक मेड इन युएसए लेखिएको पेस्तोल १ थान र ५ राउण्ड गोलीसहित पक्राउ परेका हुन् । चौधरीलाई मोतिगढा स्थित उनकै घरमा हतियार लुकाई राखेको सुचनाको आधारमा गए राती जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अवैध पेस्तोल तथा गोलीसहित अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र ३ थान, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र ८५ थानसमेत फेला पारेको थियो । पक्राउ परेका चौधरी उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उदयपुर प्रहरी जनाएको छ ।