
आफूलाई समाजसेवी बताउने ज्वाला संग्रौलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संग्रौलासहित उनका श्रीमान हिमाल उपाध्याय र शर्मीला वाइवालाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए ।
आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएको भन्दै छानबिन सुरु भएको थियो । उनीहरुविरुद्ध मधेसी आयोगमा गत बुधबार उजुरी परेको थियो । आयोगले यस घटनाबारेमा प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँदै कारबाही माग गरेको थियो ।